२०८१ श्रावण ११, शुक्रबार | Fri, 26, Jul, 2024

नेपाली राष्ट्रिय क्रिकेटर ललित भण्डारी दुर्घटनामा घाईते

  • २०७७ भाद्र २९, सोमबार मा प्रकाशित ३ साल अघि
  • ५३८ पाठक संख्या
  • आइतबार दुर्घटनामा परेर नेपाली राष्ट्रिय क्रिकेटर ललित भण्डारी गम्भिर घाइते भएका छन् । दर्घटनामा परेपनि अहिले खतरामुक्त छन् ।

    धनगढीबाट महेन्द्रनगर जाँदै गरेको से १ ख १३२४ नम्बरको ट्रकले भण्डारी सवार म २ प ४७०५ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा क्रिकेटर भण्डारीसहित उनको नातेदार करन ठगुन्ना पनि घाइते भएका थिए ।
    दुर्घटनापछि गम्भीर घाइते भएका भण्डारीको शुक्लाफाटा क्लिनिकमा प्राथमिक उपचारपछि धनगढीकै निसर्ग अस्पतालमा लगिएको थियो । धनगढीबाट आइतबार राति नै उनलाई नेपालगन्जको कोहलपुर मेडिकल कलेज रिफर गरिएको थियो ।

    भण्डारीको अहिले कोहलपुरमा उपचार भइरहेको छ । उनको हात र खुट्टा फ्याक्चर भएको छ । अहिले उनको अवस्था सामान्य रहेको राष्ट्रिय टिमका अलराउण्डर पारस खड्काले जनाएका छन् । पारसले उनी अहिले खतरामुक्त रहेको र सामान्य अवस्थामा रहेको सामाजिक सञ्जालमा उल्लेख गरेका छन् ।

    प्रतिक्रिया दिनुहोस