२०८० चैत्र ६, मंगलबार | Tue, 19, Mar, 2024

‘मेरो ममी मार्नेलाई फाँसी होस’

  • २०७७ भाद्र १८, बिहिबार मा प्रकाशित ३ साल अघि
  • ७९१४ पाठक संख्या
  • काभ्रेको नमोबुद्ध ८ डराउने पोखरीमा हत्या भएको रञ्जनाको छोरोले आफ्नो ममलिाई मार्नेलाई फाँसीको सजाय माग गरेका छन् ।

    नमोबुद्ध ८ की रञ्जना तिमल्सिना अधिकारीको हत्या पश्चात उनका छोरा कुशल अधिकारीले सामाजिक सञ्जाल फेसबुकमा स्टेटस लख्दै ममीको हत्यारालाई फाँसीको सजाय माग गरेका हुन ।

    उनले फेसबुकमा लेखेका छन् ‘ मेरो ममीलाई जसले मारेको हो त्यसले फाँसी पाओस, मेरो बाबा र ठुलाबाबाले रक्सी खाएर ममी सँग पैसा माग्न आउनुहुन्थ्यो, बाबाले ममीलाई पिट्न आउनु हुन्थ्यो, मैले बाबाले पिट्न आउँदा पिट्न दिन्नथे, म मामाघरमा हुँदा मेरो ममीलाई मारे । मलाई र ममीलाई रिस उठायौं भने काटेर हिड्छु भन्नुभएको थियो बाबा र ठुलोबाबाले ।’

    रञ्जनालाई विहान भाँडा माझ्न लागेको ठाउँमा जेठाजु सुर्दशन अधिकारीले पछाडीबट बञ्चराले टाउकोमा प्रहार गरेर लडाएको त्यसपछि घाँटीमै हानेर हत्या गरेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ । महिलाको बञ्चराले हान्दा आधा घाँटी छिनेको छ ।

    घटनाबारे थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालयका डिएस्पी कुमार विक्रम थापाले थापाले जानकारी दिनुभयो ।

    रन्जना दाप्चामा रहेको डराउनेपोखरीमा स्वास्थ्य चौकीमा कार्यरत कर्मचारी हुन ।

    प्रतिक्रिया दिनुहोस