२०८० चैत्र ६, मंगलबार | Tue, 19, Mar, 2024

धुलिखेल २८ किलोमा गोली चल्यो

  • २०७७ भाद्र २५, बिहिबार मा प्रकाशित ३ साल अघि
  • १२३७३ पाठक संख्या
  • धुलिखेल नगरपालिकाका २८ किलोमा रहेको भगवती पेट्रोल पम्प पछाडी गोलि चलेको छ ।
    मानिस अपहरण परेको उजुरी परेपछि खोज्दै गएको सिविल प्रहरीमाथी आक्रमण भएपछि एक राउण्ड गोली चलाईएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।
    घटना विबरण अनुसार अपहरण भएको भनिएको व्यक्तिहरु बसेको कोठा पत्ता लगाएर सिभिल प्रहरी उनीहरुलाई लिन पुग्दा एक्कासी खुकुरी लिएर आक्रमण गरेका थिए । अझ आक्रमण बाट बच्न भाग्दै गरेका प्रहरीलाई ती अपहरणकारीहरुले चोर भनेर भनेपछि स्थानीय जम्मा भएर आक्रमण गर्न थालेपछि भिडबाट बच्नको लागि प्रहरीले एक राउण्ड हवाईफयर गरेको हो ।

    प्रहरीले घटनामा संलग्न २ जनालाई पक्राउ गरेको तथा अन्य दुई जनाको खोजि कार्य भईरहेको जनाएको छ ।
    घटनाबारे विस्तृत अनुसन्धान भैरहेको जानकारी प्राप्त भएको छ ।

    घटनाबारे थप विबरण आउन बाँकी छ ।

    प्रतिक्रिया दिनुहोस