२०८० मंसिर १६, शनिबार | Sat, 02, Dec, 2023

पाँचखालमा सिसि क्यामेरा बङ्गाएर चोरी गर्ने ४ चोर मध्ये २ जना समातिए

  • २०७७ मंसिर २०, शनिबार मा प्रकाशित २ साल अघि
  • ६३३७ पाठक संख्या
  • पाँचखालमा सिसि क्यामेरा बङ्गाएर पाँचखाल नगरपालिका वडा नं ४ मा रहेको रिशभ एण्ड रिजना ट्रेडर्समा चोरी गर्ने ४ जना मध्ये २ जना समातिएका छन् ।

    जिल्ला प्रहरी, पाँचखाल प्रहरी, माकलबारी प्रहरी, महानगरिय प्रहरी कार्यालय बौद्धका प्रहरी निरीक्षक सुरेश सुवेदी र कृृष्ण श्रेष्ठ तथा प्रहरी हवल्दार सोमबहादुर पुलामीको सहयोगमा २ जना चोर समातिएको व्यवसायी रन्जन लामिछानेले जानकारी दिए । समातिएका दुबैले चोरेको स्वीकारेका छन् ।

    समातिएका २ जना बौद्ध प्रहरीको नियन्त्रणमा रहेका छन् । ती चोरहरुको नाम खुलाईएको छैन् । चोरहरुले पसलको सटरलाई फोडेर पसल भित्र पसि पसलमा रहेको सिसिक्यामरालाई अर्कै पट्टि पर्काएर चोरी गरेका थिए । पसलबाट महङ्गा खालका विभिन्न ब्राण्डका १६ कार्टुन ह्वीस्की चोरी भएको थियो ।

    लामिछानेको पसलमा पल्सरमा आएका चोरहरुले ट्याक्सी प्रयोग गरेर सामान लगेको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।

    प्रतिक्रिया दिनुहोस