२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

काभ्रेको बनेपामा दुई पुरुषले गरे आत्महत्या

  • २०७७ आश्विन १४, बुधबार मा प्रकाशित ३ साल अघि
  • ७१३७ पाठक संख्या
  • काभ्रेको बनेपामा दुई पुरुषले गरे आत्महत्या गरेका छन् ।

    बनेपा नगरपालिका–८ का ३५ वर्षिय मन्जिल पोटे र बनेपा नगरपालिका–११ का ५५ वर्षिय खोलप्रसाद दाहालले झुण्डिएर आत्महत्या गरेको ईलाका प्रहरी कार्यालय बनेपाले जनाएको छ ।

    मन्जिलले आफ्नै घरको कोठाको पंखाको सिलिङमा र खोलप्रसादले बनेपाको चण्डेश्वरी जंगलमा झुण्डिएर आत्महत्या गरेको ईलाका प्रहरी कार्यालय बनेपाका प्रमुख योगेन्द्र तिमिल्सिनाले जानकारी दिए ।

    मृतक दुवैको शव पोष्टमार्टमको लागि बनेपास्थित शिर मेमारियल अस्पतालमा राखिएको छ ।

    लकडाउन पछि मात्र काभ्रेमा ५० भन्दा धेरैले आत्महत्या गरिसकेको प्रहरी रिपोर्टमा छ ।

    प्रतिक्रिया दिनुहोस