२०८० चैत्र ६, मंगलबार | Tue, 19, Mar, 2024

पब्जी खेल खेलेरै साढे पाँच लाख सहयोग

  • २०७७ कार्तिक ३, सोमबार मा प्रकाशित ३ साल अघि
  • ७१९० पाठक संख्या
  • पब्जी खेललाई केही देशले प्रतिबन्ध समेत लगाएका छन् । खेलमै मात्रै केन्द्रित हुँदा दायाँ बायाँ केही कुराको पनि अत्तोपत्तो नहुने र धेरै खेल्दा खेल्दा कतिले ज्यान समेत गुमाउनु परेका कारण पब्जी खेललाई प्रतिबन्ध लगाइएको हो।

    तथापि यो खेल प्रती युवाहरुको आकर्षण भने बढ्दो छ। पब्जीनै खेलेका भरमा कतिले तलब समेत थापी रहेका छन् र खेलेकै भरमा पनि सामजिक काममा आफुहरुलाई सामेल गराइरहेका छन् ।

    हो बनेपाका युवाहरु जो लामो समय देखि स्काइलाइट्ज गेमिङ नामक कम्पनीका लागि पब्जी खेल खेल्दै आइरहेका थिए ,उनिहरुले १३ महिनाकि सानी बालिका सियोना श्रेष्ठको उपचारर्थ सहयोग गरेका छन् ।

    सामाजिक संजाल मार्फत जब उनीहरुले सियोनालाई स्पाइनल मस्कुलर एट्रोफाइ नामक रोग लागेको र ती बालिकाको उपचारका लागि करोडौं रुपैयाँँ लाग्ने भन्ने कुरा थाहा पाए तब उनिहरुले आफ्नो कम्पनीलाई सहयोग गरिदिन आग्रह गरे र सियोनाका लागि पाँच लाख पचास हजार नगद सहयोग पनि जम्मा गराइदिएका छन पब्जी खेल खलेर ।

    पब्जी खेल खलेर समय मात्रै बर्बाद गरिरहेको भन्ने आरोप खेप्दै आइरहेको युवा पुस्ता माझ बनेपाका युवाहरुले गरेको यो सहयोगले भने केही सकारात्मक संदेश प्रवाह गर्न सफल भएको छ।

    प्रतिक्रिया दिनुहोस