२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

नागरिकको सहजताको लागि प्रशासनको टोल फ्रि नम्बर

  • २०८१ बैशाख ३०, आईतबार मा प्रकाशित २ महिना अघि
  • १७७ पाठक संख्या
  • नागरिकको सहजताको लागि जिल्ला प्रशासन कार्यालय काभ्रेले निशुल्क टोल फ्रि नम्वर संचालनमा ल्याएको छ ।

    प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माका अनुसार प्रशासनले १८१०५०००३७७ नम्वरको टोल फ्रि दैनिक विहान ८ बजे देखि साँझ ६ बजेसम्म संचालन हुने गरी प्रयोगमा ल्याएको हो ।

    प्रशासन कार्यालयबाट प्रवाह गर्ने सेवालाई थप प्रभावकारी बनाउन, सेवाग्राहीको समस्या गुनासोलाई समयमै समाधान गर्न र कार्यालयलाई सल्लाह सुझाव समेत प्राप्त गर्न टोल फ्रि नं संचालन गरिएको शर्माले बताइन् ।

    जिल्ला समन्वय समिति प्रमुख दिपककुमार गौतम, प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मा, पत्रकार महासंघ काभ्रेका अध्यक्ष बद्रिराज तिमल्सिना, सहायक प्रमुख जिल्ला अधिकारी सुवास पौडेल लगायतको सहभागिता रहेको थियो ।

    प्रतिक्रिया दिनुहोस