२०८१ अषाढ ९, आईतबार | Sun, 23, Jun, 2024

पाँचौं बेथानचोक कप जिल्ला स्तरीय भलिवल शुरु

  • २०८१ जेष्ठ ९, बुधबार मा प्रकाशित १ महिना अघि
  • ६८ पाठक संख्या
  • बेथानचोक गाउँपालिका खेलकुद विकास समितिको आयोजनामा पाँचौं बेथानचोक कप जिल्ला स्तरीय आमन्त्रण पुरुष भलिवल प्रतियोगिता २०८० शुरु भएको छ ।

    बुधबार देखि शुरू भएको प्रतियोगितामा कूल १८ वटा टिम आमनेसामने हुने छन् ।

    प्रतियोगिताको बेथानचोक गाउँपालिकाका अध्यक्ष भगवान अधिकारी तथा नेपाल भलिवल संघका केन्द्रीय उपाध्यक्ष एवम् नेपालका प्रथम अन्तराष्ट्रिय भलिवल रेफ्री गौतम प्रसाद लासिवाले उद्घाटन गरे ।

    कार्यक्रममा उपाध्यक्ष लासिवाले स्थानीय सरकारले खेलकुदमा पर्याप्त लगानी गर्न आवश्यक रहेको बताए । बेथानचोक गाउँपालिकाका स्वास्थ्य तथा खेलकुद शाखा प्रमुख प्रमोद (सिताराम) तिमल्सिनाले स्वागत गरेका थिए ।

    बेथानचोक गाउँपालिका खेलकुद विकास समितिका अनुसार बेथानचोक गाउँपालिका ए र बि, लामाज क्लब, महांकाल गाउँपालिका ए र बि, अमरज्योति युवा क्लब, लड्केश्वर युवा क्लब, मण्डनदेउपुर नगरपालिका ए र बि, गिम्देली युवा क्लव, नयाँबस्ती युवा क्लव, दलिञ्चोक भलिवल, पाँचखाल नगरपालिका, काकाज ग्रुप, महाभारत गाउँपालिका ए र बि का साथै गौखुरेश्वर  युवबा क्लब प्रतियोगिता आफ्नो पोल्टोमा पार्न तम्सिएका छन् ।

    जेष्ठ ९ देखि १२ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा प्रथम पुरस्कारःरु ८० हजार, द्वितीय पुरस्कारः रु ५०  हजार, तृतीय पुरस्कारः २० हजार साथमा ट्रफी, मेडल र प्रमाणपत्र रहनेछ । प्रतियोगितामा बेष्ट डिफेन्स, बेष्ट सेटर, वेष्ट स्पाइकर, बेष्ट ब्लकर, बेष्ट सर्भर, सर्वोत्कृष्ट खेलाडीलाई आकर्षक पुरस्कार सहित प्रत्येक खेलमा म्यान अफ दि म्याचको पुरस्कारको व्यवस्था गरिएको छ ।

    प्रतिक्रिया दिनुहोस