२०८१ अषाढ ९, आईतबार | Sun, 23, Jun, 2024

काभ्रेमा जेठ २६ गते बास्केटबल प्रतियोगिता हुने

  • २०८१ जेष्ठ १७, बिहिबार मा प्रकाशित ३ हप्ता अघि
  • ५४३ पाठक संख्या
  • खेलकुदको माध्यमबाट युवाहरुलाई अनुशासित, स्वस्थ शरीर र मस्तिष्कको विकास गर्न, साथै समग्र खेल क्षेत्रको उत्थान गर्ने लक्ष्यका साथ काभ्रे बास्केटबल संघले जेठ २६ गते एक दिवसीय बास्केटबल प्रतियोगिता आयोजना गर्ने भएको छ ।

    प्रतियोगितामा २० भन्दा बढी टिमहरूको सहभागिता रहने छ। यी टिमहरूले एक दिवसीय खेलमा आफ्नो उत्कृष्ट प्रदर्शन प्रस्तुत गर्दै प्रतिस्पर्धा गर्ने काभ्रे बास्केटबल संघका कोषाध्यक्ष एव आयोजना संयोजक शिव थापा मगरले जानकारी दिए ।

    दर्ता शुल्क ३००० तोकिएको यस प्रतियोगितामा, विजेता टिमलाई नगद रु २५००० र दोस्रो हुने टिमलाई नगद रु १५००० का साथ ट्रफी र प्रमाणपत्र प्रदान गरिनेछ।

    पत्रकार सम्मेलनमा नेपाल पत्रकार महासंघ काभ्रे शाखाका अध्यक्ष बद्रिराज तिमल्सिनाले यस्ता प्रतियोगिताले युवाहरूलाई अनुशासन, टीमवर्क, नेतृत्व क्षमताको विकास गर्ने मौका प्रदान गर्ने बताए । संघको विश्वास छ कि यस्ता प्रतियोगिताहरूले खेलाडीहरूलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्ने योग्य बनाउनेछन् ।

    कार्यक्रममा नेपाल बास्केटबल संघका राष्ट्रिय उपाध्यक्ष पवन थापा, काभ्रे बास्केटबल संघका  कोषाध्यक्ष एव कार्यक्रम संयोजक  शिव थापा मगर तथा जिल्लामा क्रियाशिल पत्रकारहरुको सहभागिता रहेको थियो ।

    प्रतिक्रिया दिनुहोस