२०८१ बैशाख २, आईतबार | Sun, 14, Apr, 2024

चौथो मेयर कपको उपाधी बनेपा ९ वडालाई

  • २०८० फागुन २६, शनिबार मा प्रकाशित १ महिना अघि
  • १३५ पाठक संख्या
  • बनेपा नगरपालिकामाको आयोजनामा भएको `चौथो मेयर कप वडा स्तरीय फुटबल प्रतियोगिता-२०८० ’ को उपाधि बनेपा नगरपालिका वडा नं. ९ ले हात पारेको छ । 

    बनेपा नगरपालिका -५ स्थित नेपाल बनेपा बहुप्राविधिक शिक्षालयको खेल मैदानमा भएको फाईनल खेलमा बनेपा वडा नं. ८ लाई २-१ गोलको अन्तरले पराजित गर्दै उपाधि हात पारेको हो । उपाधिसँगै वडा नं. ९ ले नगद १ लाख , सिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ भने उपविजेता वडा नं. ८ ले नगद ५० हजार, सिल्ड, मेडल र प्रमाणपत्र हात पारेको छ । 

    विजेता, उपविजेतालगायत पुरस्कृत खेलाडीलाई नगरपालिकाका नगर प्रमुख शान्ति रत्न शाक्य, उपप्रमुख बिमला सापकोटा दाहाल , प्रमुख प्रशासकीय अधिकृत भोला प्रसाद चापागाई लगायतले पुरस्कार वितरण गरेका थिए ।

    बनेपा वडा नम्बर ८ को संयोजनमा फाल्गुण १८ गतेदेखि मेयर कप सुरु भएको थियो । प्रतियोगितामा १४ वटै वडाका टीमहरुले भाग लिएका थिए ।

    प्रतिक्रिया दिनुहोस