२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

लियोनलाई ३ शून्य गोलले हराउँदै बायर्न च्याम्पियन्स लिगको फाइनलमा

  • २०७७ भाद्र ४, बिहिबार मा प्रकाशित ३ साल अघि
  • ५११ पाठक संख्या
  • पाँच पटकको च्याम्पियन बायर्न म्यूनिख फेरी च्याम्पियन्स लिगको फाइनलमा पुगेको छ । गएराती सम्पन्न सेमिफाइनलमा लियोनलाई पराजित गर्दै बायर्न एघारौंपटक फाइनलमा पुगेको हो ।

    बार्सिलोना विरुद्ध कीर्तिमानी जित निकाल्दै सेमिफाइनल पुगेको बायर्नले लियोन विरुद्ध सहज जित निकाल्यो । पहिलो हाफमै दुई गोलको अग्रता लिएको बायर्नले लियोनलाई ३-० गोल अन्तरले पराजित गरेको हो ।

    खेलको ८८औं मिनेटमा बायर्नका तर्फबाट लेवान्डोस्की यो सिजनका सर्वाधिक गोल गर्ने खेलाडी भएका छन् । जर्मन च्याम्पियन बायर्न म्युनिखले अब फ्रेन्च च्याम्पियन पीएसजीसँग युईएफए च्याम्पियन लिगको फाइनल खेल आइतबार राती लिस्वेनमा खेल्नेछ ।

    प्रतिक्रिया दिनुहोस