२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

बनेपालाई सम्पदा र साईकलको फ्युजन सहितको ‘आधुनिक शहर’ बनाउन सकिन्छ ।

  • २०७७ आश्विन २१, बुधबार मा प्रकाशित ३ साल अघि
  • २४५० पाठक संख्या
  • नवराज के.सी.

    देशको केन्द्रिय राजधानी सांस्कृतिक शहर काठमाडौंबाट २५ कि.मि. पुर्व काभ्रेपलान्चोक जिल्लामा अर्काे एउटा प्राचीन र प्राकृतिक हिसावले अत्यन्तै सुन्दर शहर बनेपा अवस्थित छ । बनेपा देशकै महत्वपुर्ण व्यापारीक एंव व्यवसायिक शहर पनि हो ।

    यो शहर राजधानीको पूर्वी महत्वपूर्ण नाका पनि हा । यहाँबाट अरनिको राजमार्ग हुदै उत्तर तर्फ बाहृबिसे ,जिरी,चौतारा मेलम्चि लगायत प्रसिद्व तातो पानी र चिनको तिब्बत सम्म जान सकिन्छ भने वि.पी. राजमार्ग हुदै पुर्वको झापा ईलाम सम्म छोटो समयमा सजिलै पुग्न सकिन्छ ।बनेपा मल्ल कालिन समयमै समृद्घ एवं काष्ठकला , मुर्तिकलाको पुर्ण विकाश भएको शहर हो । विभिन्न पुरातात्विक महत्वका धारा ,पाटि पौवा, मठ मन्दिर र चैत्यहरुले यस सहरलाई सम्पदाको शहरको रुपमा परीचय प्रदान गरेको छ । त्यस मध्ये प्रसिद्घ चन्डेश्वरी मन्दिर , धनेश्वर महादेव मन्दिर नेपालमा नै प्रख्यात रहेका छन् । चन्डेश्वरी मन्दिर त बनेपालीहरुको आरध्यादेवी पनि हुन ।

    यस प्राचिन सहर भित्र नेवार समुदाय बस्दनछन भने हालको अवस्थामा अन्य समुदायका मानिसहरु पनि बस्ने क्रम बढ्दै छ । यहाँका मानिसहरुको मुख्य पेशा भनेको कृषि,व्यापार,पशुपालन र नोकरी हो । बनेपा सानो तर अत्यन्तै सुन्दर सहर हो । बनेपा सँगै खड्पु , नाला , पनौती र धुलिखेल जस्ता छिमेकी प्राचिन सहरहरु पनि छन् । पुरातात्विक तथा प्राचिन हिसाबले अतिनै महत्वपुर्ण यो सहर वर्तमान समयमा प्राचिननता र आधुनिकताको संयोजनबाट अगाडी बढ्ने प्रयास गरीरहेको छ । अब यसलाई स्वच्छ सफा राख्न यहाँका समुदायको आर्थिक स्तर बढाउन सम्पदा संरक्षण गरेर भुगोल माटो अनुसारको दिर्घकालिन मौलिक विकास गर्न जरुरी छ । यसकालागि अब अलि फरक कोणबाट सोचौं नत , यो सम्पदाको शहरलाई जिवन्त शहर बनाउन पर्यावरणिय तथा स्वच्छ सहर बनाउन यसलाई साईकल मैत्रि सहर बनाऊँ । सम्पदाको सदुपयोग गर्ने र स्वच्छ सफा भएर आधुनिकताको खुड्किलो चढ्दै गरेको सहर बनाउँ । यसका लागि राम्रो सम्भावना पनि छ । किनभने वर्तमान समयमा बनेपामा साईकललाई सौखको रुपमा चढ्ने युवा युवती र बालबालिकाको संख्या उल्लेखनीय रुपमा देख्न पाईन्छ । विहान बेलुका बिदाको बेलामा साईकल यात्रीहरु विभिन्न पर्यटकिय गन्तव्य , प्राकृतिक सुन्दर ठाँउहरुलाई गन्तव्य बनाएर समुहमा वा एक्लै एक्लै हिडेको पाउँदछौ ।

    यसको मतलव साईकल चढ्नुपर्दछ यसबाट रमाईलोका साथ साथै स्वास्थ्यका लागि पनि फाईदा हुन्छ र वातावरण पनि जोगाउन सकिन्छ भन्ने कुरा अहिलेको पिडिले बुझेका छन् । साईकल वास्तवमानै व्यायामको लागि एउटा उत्कृष्ट माध्यम हो । यसले शरीरका प्रायः अगंहरुलाई व्यायाम गराउँछ भने अर्को तर्फ यो साधन चढ्न पेट्रोल वा डिजेल आवश्यकता पर्दैन त्यसैले कम खर्चिलो साधन पनि भयो भने अर्काे महत्वपुर्ण कुरा यो वातावरण मैत्री साधन हो । वातावरण पर्यावरण स्वच्छ राख्न यसले ठुलो मद्घत पुर्याउँछ । हाल ईन्धन प्रयोग सवारी साधनहरुको प्रचुर मात्रामा प्रयोग भएको कारणले बनेपाको वातावरण प्रदुषित भईरहेको छ । यदी अनावश्यक रुपमा त्यस्ता साधनको प्रयोग नगरी सकेसम्म सबैले साईकल चढ्ने बानी बसाल्यौं भने विस्तारै यहाँको वातावरण स्वच्छ सफा हुनेछ ।वातावरण स्वच्छ सफा हुनु भनेको यहाँका मानिसहरु स्वच्छ तन्दरुस्त निरोगी हुनु हो । हाम्रा लागि सबभन्दा अमुल्य धन भनेको स्वास्थ्य नै हो । समुदाय स्वस्थ भयो भने विकास निर्माणका धैरै काम गर्न सकिन्छ । स्वस्थ मानिसको सोच पनि सकारात्मक हुन्छ । त्यसैले सकेसम्म अनिवार्य रुपमा साईकल चढ्नु हाम्रो लागि अति उत्तम हुन्छ । फेरी बनेपा सहर त्यती ठुलो पनि छैन साईकलबाट नै निर्दिष्ट स्थानहरुमा एक ठाँउबाट अर्को ठाँउहरुमा सजिलै पुग्न पनि सकिन्छ । विस्तारै अब यसलाई पेशागत एवं जनजिजविकाको साधनका रुपमा पनि विकशित गर्न जरुरी छ । यसमा स्थानिय सरकारले पनि यो कार्यको सुरुवात गर्नुपर्छ । आफ्ना कार्यालय मातहतका कर्मचारीहरुलाई साईकल चढेर कार्यालय आउने वातावरण तयार गर्नुपर्दछ र क्रमशः निजि कार्यालयहरु , स्कुल तथा कलेजहरुमा पनि सबैलाई साईकल चढ्न अभिपे्ररीत गर्नुपर्दछ ।

    हो अब यसका लागि मेरो एउटा राम्रो प्रस्ताव बनेपालाई संरक्षित सम्पदाको शहरका साथ साथै साईकल मैत्री देशकै एक नमुना सहर बनाउन जुटौं । त्यसका लागि बनेपामा सम्पदा संरक्षण र साईकल पुर्वाधारका केहि महत्वपुर्ण कामहरु गर्नुपर्दछ । अहिले भएकै पुर्वाधारहरुमा केहि थप प्रयास गर्याे भने त्योे सम्भव पनि छ । त्यो पुर्वाधार भनेको साईकलका लागि बनेपाको सहरी सम्पुर्ण मार्गहरुमा व्यवस्थित साईकल मार्गहरु बनाउने जसले गर्दा साईकल यात्रीहरु सुरक्षित एवं ढुक्क सँग साईकलमा यात्रा गर्न सकुन अर्को यसै सँग सम्बन्धित साईकल पार्क स्ट्याण्डरुको निर्माण आवश्यक ठाँउहरुमा गर्ने जसले गर्दा साईकललाई व्यवस्थित तथा सुरक्षित तवरमा पार्क गर्न सकियोस । यति मात्र गर्न सकियो भने पनि बनेपामा साईकल चढ्ने संस्कारलाई बढावा दिन सकिन्छ । आफ्से आफ साईकल चढ्ने संस्कारको विकास हुन्छ ।भने अर्को तर्फ सम्पदा संरक्षणको क्षेत्रमा बनेपाको भित्रि पुराना बस्तिहरुमा त्यहाँको गल्लीहरुमा पुरानो शैलीमा ईट्टा वा ढुगां विछ्याउनु पर्दछ भने बनेपाको प्राचिनता मोलिकतालाई जोगाई राख्न पुरानो बस्ति भित्र पुरानै शैलिमा घरहरुको निमार्ण र पुन: निर्माणलाई अनिवार्य गराउनु पर्दछ । र मन्दिर ,मुर्ति,सतल,चैत्य र ऐतिहासिक ढुगेंधाराहरुका जिर्णद्वार पुनः निर्माण संरक्षण र सम्बर्दन गर्नुपर्दछ । यस पछि यहाँको मौलिक परम्परा चालचलन संस्कृतिक मौलिक संगित भेषभुषा खानाका परीकारहरुको जर्गना गर्ने अभिपे्ररीत गर्ने र तत सम्बन्धि कार्यक्रम महोत्सबहरुको आयोजना गर्ने गर्नुपर्दछ । पुराना बस्ति भित्र अन्य सवारीसाधनहरुलाई निषेध गरी पैदल यात्रीहरु र साईकल र साईकल यात्रीहरलाई मात्र खुला गर्नुपर्दछ । यसले साईकल पर्यटकहरुलाई आर्कषित गर्न सकिन्छ ।

    बनेपा वरीपरीका पुरातात्विक ठाँऊ प्राकृतिक मनोरम स्थल गाँउ डाँडापाखाहरुमा सम्भाव्यता अध्ययन गरी साईकल रुटहरु बनाउन सकिन्छ । प्याकेजमा पर्यटकहरुलाई घुमाउन सकिन्छ । स्वदेशी एवं विदेशी प्रशस्त पर्यटकहरुलाई भित्र्याउन सकिन्छ । बनेपामा घुम्न सकिने खालका ठाँउहरुनै छैन भन्ने पर्यटकहरुमा जुन सोचाई रहेको छ त्यसलाई चिर्न पनि सकिन्छ । बनेपालाई पर्यटकको नयाँ मुख्य थलो बनाउन सकिन्छ ।यसले गर्दा यहाँको समुदायको आर्थिक सवलिकरणमा पनि ठुलो भुमिका खेल्न सक्छ । यसले हाम्रो भुगोलल अनुसारको दीर्घकालिििन विकासको सुरुवात हुनेछ । यसका लागि यहाँको स्थानिय सरकार , स्थानिय समुदायहरु ,सम्पुर्ण बनेपाका साईकल अभियान्ताहरु मिलेर एउटै सोच राखेर अगाडी बढ्नु पर्ने देखिन्छ । यस्तो नविन सोच लिएर काम गर्यो भने बनेपालाई पक्कै पनि वैभवशालि सम्पदाको जिवन्त आधुनिक सहर बनाउन सकिन्छ । साईकल मैत्री सहर वातावरणीय स्वच्छ र सुखि खुसी र निरोगी व्यक्ति र समुदायको सम्वृद्व सहर बनाउन सकिन्छ । बनेपालाई देशकै मात्र होईन संसारकै नमुना उत्कृष्ट सहर बनाउन सकिन्छ । बनेपाले थप अर्को चिनारी प्राप्त गर्नेछ । नेपालका अन्य सहर गाँउहरकालागि पनि सकारात्मक परीवर्तनको सम्वाहक सहर बन्नेछ । एकछीन कल्पना गरौत त्यस्तो अवस्थाको यो सहरलाई अनि काम सुरु गरौ न कल्पनालाई यथार्थतामा परीवर्तन गर्न यो बनेपाका सबै सरोकार वालाहरुलाई आग्रह हो मेरो ।

    प्रतिक्रिया दिनुहोस