२०८१ बैशाख २, आईतबार | Sun, 14, Apr, 2024

वसन्त ऋतुको गुणगान गाउदै, साधनाको रचना-प्रीय वसन्त!

  • २०८० चैत्र ४, आईतबार मा प्रकाशित ३ हप्ता अघि
  • ६० पाठक संख्या
  • प्रीय वसन्त।

     

    जाडो विर्साउँन आएको तिम्रो न्यानोपनको तारिफ गरौँ कि तिम्रो आगमनमा नाँचेको यो सुन्दर प्रकृतिको …?

    बिहानिको चिसो हावाले पर डिलमा फुलेको चमेलिको सुगन्धलाई यत्रतत्र पारिदिन्छ ।

    करेसामा फुलेको गुलाफ नियालिरहँदा शिरमा सिउरिदिने मान्छेको यादमा मन वसन्तका जङ्गल झैँ रङ्गिन बनिदिन्छ ।

    चराचुरुङ्गिको चिरबिर आवाजले सुनमा सुगन्ध थपेझैँ लाग्छ, मानौँ कि यो सुन्दर प्रकृति अनि फुलहरु पनि त्यहि मिठासबाट पुर्ण भए |

    तिमि त प्रेमको, सौन्दर्यको,आनन्दको सबैको मिस्रण हौ ……

    तिम्रो आगमनले जिवनमा रौनक थपिएको छ, प्रेम पलाएको छ, आसा पलाएको छ ,गाउँ-सहर हाँसेको छ…साँच्चै भनौँ त प्रकृतिले उत्सव मनाईरहेको छ ।

    केहि समयका लागि मात्रै आएको तिमिलाई यति भन्न चाहन्छु कि …अन्तत: म बिस्तारै बिलाउँदै जानेछु तिम्रै सौन्दर्यताको स्मृतिमा ।

    उहि तिम्रो सुन्दरतामा रमाएको एक्लो मन !

    प्रतिक्रिया दिनुहोस