२०८१ श्रावण ३, बिहिबार | Thu, 18, Jul, 2024

भ्याकुरे खोला तर्ने क्रममा बगाउॅदा फुपू भदैको मृत्यु

  • २०८१ अषाढ २२, शनिबार मा प्रकाशित १ हप्ता अघि
  • ९७ पाठक संख्या
  • काभ्रेको रोशी गाउॅपालिका ११ मा रहेको भ्याकुरे खोला तर्ने क्रममा बगाउॅदा फुपू भदैको मृत्यु भएको छ ।

    मृत्यु हुनेमा रेाशी ११ भिमखेारीकी ६५ वर्षीय जलमाया रुचाल मगर र ५ वर्षकी सेतिमाया रुचाल मगर छन । खोला तर्नी क्रममा बगाएको उनीहरु ९०० मिटर तल मृत अबस्थामा फेला परेको इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक कृष्ण गिरीले जानकारी दिए ।सेतिमाया बिरामी भएपछि कालढुङ्गामा उपचार गराएर घर फर्कने क्रममा खोलाले बगाएको बताइएको छ । सेतीमायाको आमा भने बाँच्न सफल भएकी छिन् ।

    सोही खोलाले साझ लेदो सहित आएको बाढ़ीले बीपी राजमार्गमा राखीएको हेमपाईप बगाउॅदा पूर्ण रूपमा  सड़क अवरोध भएको थियो । जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी राजकुमार श्रेष्ठका अनुसार रोशी गाउपालिकाको सहयोगमा सड़क खुलाउने प्रयास भईरहेको छ ।

    प्रतिक्रिया दिनुहोस