२०८१ बैशाख १३, बिहिबार | Thu, 25, Apr, 2024

नेपालको कृषि बीमा सम्वन्धि प्रावधानमा विद्यमान अवसर र चुनौतिहरू

  • २०७७ आश्विन १६, शुक्रबार मा प्रकाशित ३ साल अघि
  • १२६१ पाठक संख्या
  • अनिल भण्डारी

    कुनै पनि संस्थाले निश्चित शुल्क लिएर निश्चित व्यक्ती, वस्तु वा सम्पतीको क्षती, हानी नोक्सानी वा मृत्यु भएमा क्षतीपूर्ती वेहोर्ने व्यवस्थालाई बीमा भनिन्छ । पछिल्लो समयमा नेपालमा कोरोना प्रकोप वढेपछि कोरोना बीमा एवम् जीवन बीमाको प्रचलन निकै वढेको छ तर कृषिमा गरिने बीमा वारे धेरैलाई थाहा नहुन पनि सक्छ । अधिकांश मानिसहरूले कृषि बीमा वारे सुनेको तर कहाँ, कसरी, कस्तो अवस्थामा बीमा गर्न सकिन्छ, कति शुल्क लाग्छ र वाली तथा पशुपंक्षी बीमा गरे वापत कृषकलाई के कस्ता फाइदाहरू हुन्छ भन्नेवारे अनभिज्ञ रहेको पाइन्छ । सामान्यतया बीमाले संभाव्यताको सिदान्त अनुसार काम गर्छ जस्तै केहि भवितव्य पर्याे भने सवैलाई एकै पटक त पर्दैन । केहीलाई मात्र पर्छ । धेरैलाई पर्दैन । सवैसंग उठाएको प्रिमियमवाट जसलाई भवितव्य पर्छ वा नोकसान हुन्छ उसलाई क्षतिपूर्ति प्रदान गर्छ । बीमा एक अन्तराष्ट्रिय व्यवसाय हो । देशमा कृषि उत्पादन वढाउन र आवस्यक खाध्य वस्तुहरूको उपभोगमा देशलाई आत्मनिर्भर वनाउनका लागी पनि वाली तथा पशुपंक्षि बीमा गर्न जरूरी छ । प्रारम्भिक चरणमा किसानहरू संग वैंक तथा वित्तिय संस्थाहरूको पहुँच थिएन । पूर्णकालिक किसानहरू निर्वाहमुखी कृषिवाट माथी उठेन नसकेको परिपेक्षमा उनीहरूसंग उपलव्ध भएको श्रोतसाधनको अधिकतम परिचालन गर्ने र त्यसको लागी बैंक तथा वित्तिय संस्थाहरूलाई समाहित गर्ने उदेश्यका साथ कृषि व्यवसायसंग संम्वन्धित बीमा गर्न योग्य जोखिमहरूलाई बीमा कम्पनि मार्फत हस्तान्तरण गरेर कृषकहरूलाई जोखिम को दायरा साघुँरो वनाउन नेपालमा वाली तथा पशुपंक्षि बीमाको अवधारणालाई अघि सारिएको थियो ।

    वाली तथा पशुपंक्षि बीमाका प्रावधानहरू
    बीमा ऐन, २०४९ को दफा ८ (घ २) ले दिएको अधिकार प्रयोग गरी बीमा समितिले तत्कालिन कृषि विकास मन्त्रालयको सहयोग र समन्वयमा वाली तथा पशुपंक्षी बीमा निर्देशन, २०६९ जारी गरी नेपालमा औपचारीक र कानूनी रूपमा कृषि बीमाको शुरूवात गरिएको थियो । कानूनले निषेध गरेका वालीहरू जस्तै सूर्ती र जडीबुटीहरू वाहेकअन्य जति पनि कृषिजन्य वाली तथा पशुपंक्षीहरू छन ति सवै वाली तथा पशुपंक्षी बीमाको दायरा अन्तरगत पर्दछन् । बाली तथा पशुहरूकोबीमा नै समग्रमा कृषि बीमा हो । कृषि बीमा गराउँदा लाग्ने बीमा शुल्कको पचहत्तर प्रतिशत अनुदान नेपाल सरकारबाट उपलब्ध गराउनेव्यवस्था रहेको छ । यसरी बीमा समितीले हरेक वाली तथा पशुपंक्षी बीमा गर्ने बीमितको रू दुई लाख को दुर्घटना बीमा (मृत्यु सुरक्षण मात्र)अनिवार्य रूपमा गर्ने गरी समावेश गरेको छ । जसमा कुनै वाली वा पशु पंक्षीको बीमा अवधि एकवर्ष वा सो भन्दा बढी छ भने बीमितले एक सय रूपैँया तिर्नुुपर्ने र बीमा अवधि एकवर्ष भन्दा कम भएमापचास रूपैँया तिर्नुपर्ने हन्छ । दुर्घटना बीमा वापत तिर्नुपर्ने बीमा शुल्कमा अनुदान रहेको छैन ।

    बाली तथा पशुपंक्षी बीमा गर्नका लागी केही प्रकृयाहरू पुरा गर्नु पर्दछ । जसमध्ये सर्वप्रथम त कृषि बीमा गर्न ईच्छुक कृषकले प्रस्ताव फारम भर्नु पर्दछ । कृषकले आफ्नो वाली वा पशुपंक्षी के को बीमागराउने हो ? निक्र्याैल गरेर बीमा कम्पनीद्धारा उपलब्ध गराइएको प्रस्ताव फारम भरी सम्बन्धित बीमा कम्पनी वा उक्त कम्पनीको बीमाअभिकर्तालाई बुझाउनु पर्छ ।कृषकद्धारा पेश गरिएका प्रस्ताव माथी मूल्याङ्कन गर्नकृषि वा पशु प्राविधिकलाई सो प्रस्ताव फारम बीमा कम्पनीले उपलब्ध गराई बीमाङ्करकम कायम गर्नु पर्नेहुन्छ ।प्राविधिकद्धारा मूल्याङ्कनगरी दिइएको प्रतिवेदन अनुसार कायम भएको बीमाङ्क रकमको बीमा लेखमाव्यवस्था भए बमोजिमको बीमा शुल्कको २५% बीमा शुल्क कृषक अर्थात बीमितले बीमा कम्पनीलाईबुझाए पछि बीमा लेख जारी हुन्छ । लागतको आधारमा वालीहरूको बीमा गर्दा न्यूनतम क्षेत्रफल पहाडमा आधा रोपनी र तराईमा एक कट्ठा हुनु पर्छ ।

    यसमा कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयलेउपलब्ध गराएको लागतको आधारमा स्थानीय तहको कृषि हेर्ने इकाईबाट उपलब्ध गराएको लागत अनुसार बीमाङ्क रकम कायम हुन्छ । उत्पादनको आधारमा हुने वाली बीमाको हकमाभनेसम्बन्धित वालीको बीमा लेखमा व्यवस्था भएको न्यूनतम क्षेत्रफल अनुसार हुन्छ।पंक्षीहरूको हकमा बीमाङ्क रकम प्रति पंक्षीको बीमाङ्क रकम ,दाना खचर्, निर्धारित गुणाङ्क र चल्लाको मूल्य अनुसार हुन्छ । पशुहरूको बीमाङ्क रकम कायम गर्दा पशुको जात, उमेर, उत्पादकत्व, पशुको स्थास्थ्य तथाप्राविधिकको रायलाई समेटी बीमित र बीमक बिचको आपसी सल्लाह अनुसार हुने जुन मूल्यस्थानीय ठाउँको चलन चल्तीको मूल्य भन्दा बढी हुन पाउँदैन ।पशुहरूको उमेरको सन्दर्भमा पशु सेवा विभागले उपलब्ध गराएको उमेरलाई आधार मान्न सकिन्छ ।
    माछा पालनको लागि न्यूनतम दुई सय वर्ग मिटरको पोखरी र कम्तिमा तीन फिट पानीको गहिराईभएको पोखरी हुनु पर्दछ तर ट्राउट माछाका लागीप्राविधिकको सिफारिस अनुसारको संरचना भएकोहुनु पर्दछ । ।बीमा अवधिभित्र पूर्ण क्षति भएमा बीमाङ्क रकमको नव्वे प्रतिशत भूक्तानी उपलब्ध हुन्छ ।आशिंक क्षति भएमा बीमा लेखमा व्यवस्था भए अनुरूप दाबी भुक्तानीउपलब्ध हुन्छ।बीमा लेखले तय गरेका जोखिमहरूमा मात्र वालीको रक्षावरण हुन्छ । जस्तै कुनै कारणबाट धानबाली, तरकारी, फलफूल, आलु, पशुपंक्षी र माछा बीमा अवधिभित्र हानीनोक्सानी भएमा बीमकले बीमाङ्क रकमको नव्वे प्रतिशत रकम सम्म बीमितलाई भुक्तानी गर्छ । ति कारणहरू मध्येआगलागी, चट्याङ, भूकम्प, बाढी, डुवान, खडेरी, पहिरो, भूस्खलन, आँधिबेहरी, असिना, हिऊँ वा तुसारो, आकस्मिक वा दुर्घटनाजन्य बाह््य कारणहरू जस्तै जंगली जनावरहरूले नोक्सान गरेको समेत गरेर, किरा तथा रोगबाट हुने हानि–नोक्सानी, बीमालेखमा व्यवस्था भए बमोजिमका अन्य जोखिमहरू पर्दछन्।बीमा दावी गर्नका लागी बीमालेखले रक्षावरण गरेको जोखिमहरूका कारणबाट बीमित माछा र पशुपंक्षीको हानी नोक्सानी भएमासात दिनभित्र र धान, तरकारी, फलफूल, आलु र पशुधनको हकमा १५ दिनभित्र वा त्यस अवधिभित्रसंभव नभएमा संभव नहुनुको कारण सहित संभव हुनासाथ बैङ्क÷सदस्य संस्था मार्पmत सक्कल बीमालेख(यदि आंशिक रूपले क्षति भएको छ भने बीमालेखको फोटो कपि, पूर्ण रूपले भरिएको दाबी फाराम, सम्बन्धित प्राविधिकको प्रतिवेदन, महानगरपालिका वा उपमहानगरपालिका वा नगरपालिका वा गाउँपालिका वा वडाकार्यालय वा कम्तीमा सबभन्दा नजिकको दुईजना छिमेकीको सर्जमिन मुचुल्का, मरेको पशुको संकेत दुवै पट्टी देखिने फोटोबीमक समक्ष पेश गर्नु पर्ने हुन्छ ।वाली तथा पशुपंक्षी दावी सम्बन्धि विवाद उत्पन्न भएमा साठ्ठी दिन भित्र बीमा समितिमा उजुरी गर्नसकिने व्यवस्था छ ।

    अवसरहरू
    कृषि बीमाले पछिल्ला छ वर्षहरूमा उल्खेनिय फड्को मारेको छ । कृषि बीमा गराउँदा लाग्ने बीमा शुल्कको ७५% अनुदान नेपाल सरकारबाट उपलब्ध गराउने व्यवस्था रहेको छ । यसले कृषकलाई आर्थिक रूपले धेरै सहुलियत हुन्छ र व्यवसाय वृद्यि गर्न मद्दत गर्दछ । हाल नेपालमा उत्पादन लागत र उत्पादन मूल्य दुवैका आधारमा कृषि बीमा गराउन सकिने व्यवस्था छ । मौसमी वाली तथा वहुवर्षिय वालीहरूमा बीमा लेख जारी भएकाछन्।यसले बीमा कम्पनीहरूलाइ लगानी गर्न हौस्याउँछ र कृषकलाई बीमा गरेर वाली तथा पशुपंक्षिको उत्पादनमा आउन सक्ने संभावित जोखिमको दायरालाइ साघँुरो वनाउन मद्यत गर्छ।सवै गाउँगाउमा बीमा कम्पनीहरू पुग्न नसकेता पनि कम्तिमा सवै प्रदेश र जिल्लाहरूमा ती कम्पनीहरूको उपस्थिती अनिवार्य रूमपा रहेको हँदा कृषकलाई सदरमुकाम वा केन्द्रसम्म धाउन नपर्ने सुविधा मिलेको छ ।

    चुनौतीहरू
    नेपालमा अधिकांस किसानहरू निर्वाहमूखि कृषिमा आश्रित रहेका कारण बीमामा लगानी गर्ने कि नगर्ने भन्ने दुविधामा रहेको पाईन्छ । ग्रामिण भेगहरूमा कृषि ज्ञान प्रसारकर्ताहरूको अभावका कारण सर्वसाधारणहरू बीमा सम्वन्धि प्रावधानवारे अनविज्ञ रहेकाछन् । किसानहरूमा जोखिम सुरक्षण गर्नु पर्दछ भन्ने चेतना र लगानी क्षमता अभिवृद्यी गर्न पर्ने देखिन्छ । त्यसैले बीमा कार्यका लागी कृषक र विमक कम्पनीका वीचमा समन्वय र सहकार्यको खाँचो छ । सवै किसानहरूसंग वित्तिय पहुँच छैन त्यसैले वैक तथा वित्तिय संस्थाहरूलाई सवै स्थानिय तहहरूमा बीमा क्म्पनिको उपस्थिती र पहुच पुर्याउन पर्ने आवस्यकता देख्न्छि । बीमा गर्ने कुरा आफैमा जोखिम सार्ने कुरा हो । त्यसैले बीमा अभिकर्ता र प्राविधिकहरूको क्षमता विकास गर्नुपर्ने देखिन्छ।उनीहरूलाई प्रोत्साहनको पनिे खाँचो छ । क्लिष्ट भाषाका कारण कृषकहरू अलमलमा परिरहेका हुन्छन् । यसलाई निमिट््यान्न पार्नका निम्ती सवै वालीहरूको थथार्थ लागत अनुमान र बीमा लेखको तयारी गर्नुपर्दछ । कमजोर सुचना प्रणालीका कारण पनि कृषकहरूले कून वालीमा बीमा अति आवस्यक छ भनेर पहिचान गर्न नसकिरहेको अवस्था छ । जसले गर्दा कृषकको तर्फवाट हुनुपर्ने बीमाको मागमा अझै पनि कमि नै छ । हाल नेपालमा प्रचलित बीमा व्यवस्थाले सवै प्रकृतीका जोखिमहरूलाई समेट्न सकेकोछैन । वास्तविक किसानसंग आफ्नो जमिन नहुनु र जो संग पर्याप्त जमिन छ उनीहरू कृषि पेशामा संलग्न नहुनुले पनि बीमा प्रक्रियामा जग्गाको स्वामित्व वाधक वन्ने गरेको छ । कतिपय अवस्थामा वालीको बीमालेखमा उल्लेख गरिएका वँुदाहरू र बीमा प्रक्रियावीच तालमेल नमिल्ने हँुदा क्षतिपूर्तिको दावी प्रक्रिया झण्झटिलो, महंगो र विलम्व हुने गर्दछ ।

    यावत चुनौतिहरूका वीच नेपालले आफ्ना कृषकहरूका लागी कृषि बीमाको व्यवस्था गरेको छ । विश्वमा कहिपनि वीमक कम्पनिले शतप्रतिशत क्षतिपूर्ति गर्दैन । क्षतिको थोरै भएपनि केहि हिस्सा कृषक वा वीमित आफैले वेहोर्नु पर्नेहुन्छ । यसले कृषकको लगानी डुव्ने जोखिम वचाउँछ र अन्य अन्यौलतावाट कमसेकम सुनिस्चितता प्रदान गर्छ । नेपालमा राष्ट्रिय बीमा समितीले जारी गरेको बीमा सम्वन्धि प्रावधानहरूको गम्भिरतापूर्वक अध्ययन, मनन र चिन्तन गरेर वाली तथा पशुपंक्षिहरूको बीमा गरी आवस्यक खाध्यवस्तुहरूको उत्पादन, उपभोग र निर्यातमा आत्मनिर्भर हुनतर्फ अग्रसर वनौँ ।

    काभ्रेबाट हरेक शुक्रवार प्रकाशित हुने बेथानचोक साप्ताहिकबाट साभार

    प्रतिक्रिया दिनुहोस