२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

स्वास्थ्यको ख्याल गरौं

  • २०७७ भाद्र ४, बिहिबार मा प्रकाशित ३ साल अघि
  • ८६५ पाठक संख्या
  • केही समय अघि मात्र सिन्धुपाल्चोकमा पटक पटक ठुला ठुला घटना भयो । पछिल्लो समय जुुगल गाउँपालिका लिदीको लामा गाउँमा पहिरोले पुरीएर २५ भन्दा माथीको ज्यान गयो । अहिले सिन्धुपाल्चोक शोकमा डुबेको छ । केही दिन अधि मात्र अछाममा बाढिले बगाएर धेरै जनाको ज्यान गयो । मानव सँगै पशु चौपायको पनि ज्यान गयो । बर्षातको मौसम बढे सँगै तराईका भुभाग डुबानमा छ । सरकार मुकदर्शक भएको छ । कोरोना महामारीले देश पुरै दबदबे हिलोमा फसेझैं भको छ । दिन दिनै संक्रमित बढेका छन् । अझ सुरक्षा र स्वास्थ्य क्षेत्रमा खटिने प्रहरी र स्वास्थ्यकर्मीहरु मा संक्रमण बढेको छ । धेरै मजदुरहरुले रोजीरोटी गुमाएका छन् । गरीबलाई झनै पिडा थपिदिएको छ । यस्तो विषम् परिस्थितीमा तिजको दरखाने भन्दै चाहिएका नचाहिएका परिकार भुँडीको धोक्रामा नहालेर फेसबुकमा हालेर बस्याछन् । तिज भन्दै् के के न छाँटा निकालेर फेसबुक लाईभ रे अझ थापा काजीको हिजडा डान्स वाला गितमा । हे भगवान ।

    सरोज सापकोटाको फेसवुक पेजवाट

    प्रतिक्रिया दिनुहोस