२०७८ आश्विन ६, बुधबार | Wed, 22, Sep, 2021

न्याय हराएको छ मेरो देशमा आज

  • २०७७ माघ २९, बिहिबार मा प्रकाशित ७ महिना अघि
  • ७४६ पाठक संख्या
  • प्रस्तुती : टंक न्यौपाने, शिक्षक/भक्तपुर

    न्याय हराएको छ मेरो देशमा आज
    म लालटिन बालेर खोज्ने प्रयासमा छु आज।

    कतै मन्दिर भित्र छ कि पुजारीहरुको माँझ
    एउटा चेलिको अस्मिता लुटिएको र आावाज दवाईएको छ आज

    ति नरभक्षीहरु होलान् तपाई हामी माँझ जुटौं
    आजैवाट खोजौं ती पिशाच हरुलाई हाम्रो समाजवाट

    हटाउ महिला हिंसा हाम्रो घर, समाज अनि राष्ट्रवाट
    आमा ,छोरी , चेली श्रीमती हुन् महिलाको वहुरुप दिऊ मान सम्मान
    हक अधिकार प्रत्येक जनाको मनवाट

    हार्दिक श्रद्धाञ्जली भागरथी भट्ट

    प्रतिक्रिया दिनुहोस