२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

अमिताभ बच्चन काेराेना सङ्क्रमणमुक्त

  • २०७७ श्रावण २७, मंगलबार मा प्रकाशित ३ साल अघि
  • ४१७ पाठक संख्या
  • बलिउड अभिनेता अमिताभ बच्चन काेराेनामुक्त भएर घर फर्किएका छन् ।

    आइतबारकाे काेराना परीक्षणमा रिपाेर्ट नेगेटिभ आएसँगै आफू डिस्चार्ज भएकाे अमिताभ बच्चनले ट्विटरमार्फत जानकारी दिएका छन् ।

    आफ्नाे उपचारमा संलग्न स्वास्थ्यकर्मी, आफ्नाे लागि प्रार्थना गर्ने समर्थकलगायत सम्पूर्ण अस्पताल प्रशासनलाई उनले धन्यवाद दिएका छन् ।

    गएकाे महिना काेराेना सङ्क्रमण पुष्टि भएपछि उनी अस्पताल भर्ना भएका थिए । अमिताभसँगै उनका छाेरा अभिषेक, बुहारी ऐश्वर्या र नातिनी आराध्यामा पनि काेराेनाकाे सङ्क्रमण पुष्टि भएकाे थियाे ।

    प्रतिक्रिया दिनुहोस