२०८१ बैशाख २, आईतबार | Sun, 14, Apr, 2024

बाल गायिका प्राप्ति तामाङको स्वरमा एकैदिन फरक–फरक विधाका दुईवटा गीत रेकर्ड

  • २०८० माघ २९, सोमबार मा प्रकाशित २ महिना अघि
  • २५० पाठक संख्या
  • नेपाली गीत सङ्गीतको क्षेत्रमा उदाउँदै गरेकी भविष्यका चम्किलो तारा बाल गायिका प्राप्ति तामाङको स्वरमा एकैदिन फरक–फरक विधाका दुईवटा गीत रेकर्ड भएको छ ।

    गीतकार तथा सङ्गीतकार सिन्धुलियन गुराँसको शब्द र लय रहेको “कस्तो मान्छे रोज्यौ तिमीले” बोलको गीत काठमाडौँको प्रदर्शनी मार्गमा रहेको अन्नपूर्ण रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको छ । उक्त गीतमा सङ्गीत संयोजन बुद्ध सायमीको रहेको छ । गीतकार गुराँसको स्वरमा रेकर्ड भइसकेको यो गीत बाल आवाजमा प्राप्तिले स्वर दिएकी हुन् ।

    त्यसैगरी, “तामाङ सेलोको भाका गाउने” बोलको सेलो गीत काठमाडौँको अनामनगरमा रहेको वेभ ( वेभ ) रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको छ । गीतकार गुराँसकै लय रहेको यो गीतमा शब्द धन सिं तामाङको रहेको छ भने सङ्गीत संयोजन राकेश ओलीको रहेको छ ।

    प्रतिक्रिया दिनुहोस