२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

निशानले गरे प्रेमिकासँग काभ्रे जिल्ला अदालतमा कानुनी विवाह

  • २०७७ श्रावण २७, मंगलबार मा प्रकाशित ३ साल अघि
  • ८५२ पाठक संख्या
  • नेपाल आइडलको पहिलो सिजनमा फस्ट रनरअप भएका गायक निशान भट्टराइले कानुनी बिबाह गरेका छन् ।

    निशानले जिल्ला अदालतमा कानुनी विवाह गरेका हुन् । प्रेमिका ऋचा न्यापानेसँग निशानले कानुनी विवाह गरेका हुन् । नेपाल वार एसोशिएसनका पूर्व अध्यक्ष रमेश हुमागाईले निशान र ऋचाको विवाह भएको जानकारी दिनुभयो । स्थायी घर नुवाकोट भएपनि ऋचाको परिवार केहि बर्षदेखि धुलिखेल बाँसघारी बस्दै आएका थिए ।

    कानुनी विवाहपश्चात उनीहरुले विवाहको प्रमाणपत्र ग्रहण गरेका थिए । पछिल्लो समयमा गायक निशान भट्टराइ नेपाली चलचित्रको सांगीतिक आकाशमा चम्किएका छन् । उनले, स्वर भरेको ‘के माया लाग्छ र’ बोलको गीत पनि अहिले सर्वाधिक चर्चामा छ ।

    निशान र ऋचा २ बर्षदेखि प्रेम सम्बन्धमा थिए । निशानको स्वरमा समावेश ‘लाउर जाने रेल’मा ऋचाले अभिनय गरेकी छिन् ।

    प्रतिक्रिया दिनुहोस