२०८१ श्रावण ११, शुक्रबार | Fri, 26, Jul, 2024

‘मिस्टर एण्ड मिस लिटल नेवा’ काभ्रेको पहिलो अडिसन

३१ जना छनौट
  • २०८० भाद्र ६, बुधबार मा प्रकाशित ११ महिना अघि
  • ४७६ पाठक संख्या
  • बनेपामा ‘मिस्टर एण्ड मिस लिटल नेवा’ काभ्रेको पहिलो अडिसन सम्पन्न भएको भएको छ ।

    हलिनेवा गुठी काभ्रे मिशा कचाको आयोजनामा हुने बनेपामा ‘मिस्टर एण्ड मिस लिटल नेवा’ काभ्रेको पहिलो अडिसनमा ३१ जना बालबालिका छनौट भएको आयोजक मनिषा श्रेष्ठले जानकारी दिईन ।

    पहिलो चरणको छनौट ट्रेनर इन्द्रनारायण भैल, मिस टिन बिजेता निकिता शाक्य श्रेष्ठ, व्युटिसियन लक्ष्मी श्रेष्ठ, फेसन डिजाइनर शुसान्त काजी श्रेष्ठले गरेका थिए ।

    नेवार समुदायको बालबालिका सहभागि हुने कार्यक्रमको उद्घाटन नेपाल पत्रकार महासंघ काभ्रेका अध्यक्ष बद्रिराज तिमल्सिनाले गरेका थिए ।

    कार्यक्रममा हलिनेवा गुठी काभ्रे मिशा कचाका काभ्रेका अध्यक्ष विनु कर्माचार्यले ‘मिस्टर एण्ड मिस लिटल नेवा’ काभ्रेको फाइनल असोज ३ गते हुनेछ । यस अवधिमा प्रतियोगिहरुलाई तालिम दिने, उनीहरुको क्षमता अभिवृद्धि गरिने कार्यक्रम सञ्चालन गर्ने अध्यक्ष कर्माचार्यले बताईन ।

    प्रतिक्रिया दिनुहोस