२०८१ जेष्ठ १, मंगलबार | Tue, 14, May, 2024

मंगल जनविजयको ४३ औं बार्षिक उत्सव

  • २०७७ माघ २५, आईतबार मा प्रकाशित ३ साल अघि
  • ५५८ पाठक संख्या
  • मंगल जन विजय माध्यमिक विद्यालयले आफ्नो ४३ औ वार्षिक उत्सव मनाएको छ । आईतवार रोशी गाउँपालिका वडा नं ९ मा रहेको मंगल जनविजयले आफ्नो बर्षिक उत्सव र छात्रवृत्ति वितरण कार्यक्रम सम्पन्न भएको छ ।

    कार्यक्रममा पुर्व राज्य व्यवस्था समितिका सदस्य एवं शंखलाल गणेशमाया ट्रष्टका सदस्य शशि श्रेष्ठ, पुर्व सांसद, नागरिक समुहका अगुवा श्याम श्रेष्ठ,
    विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बज्रध्वज लामा, रोशी गाउँपालिका शिक्षा शाखाका भिम भट्टराई, समाजसेवी तथा मंगल जन विजय बहुमुखी क्याम्पसका उपाध्यक्ष खड्का बहादुर लामा, रोशी गाउँपालिका वडा नम्बर ९ का वडा सदस्य मेक बहादुर लामा, समाजसेवी अक्टर ग्याल्बो तामाङ, प्रधानध्यपक बासु थापा लगाइतले विद्यालयबारे मन्तब्य राखेका थिए ।

    विद्यालयमा हाल २४ जना शिक्षकले अध्यापन तथा ५०० जना भन्दा बढी विद्यार्थी अध्ययनरत छन् ।

    प्रतिक्रिया दिनुहोस