२०८१ श्रावण ११, शुक्रबार | Fri, 26, Jul, 2024

नमोबुद्धमा मोतियाविन्दुको निशुल्क उपचार व्यवस्था

  • २०७९ भाद्र ९, बिहिबार मा प्रकाशित १ साल अघि
  • ३६७ पाठक संख्या
  • नमोबुद्ध नगरपालिकाले मोतियाविन्दु भएका नगरवासीलाई निशुल्क उपचार (शल्यक्रिया)को व्यवस्था मिलाएको छ ।

    रेयुकाई एइको मासुनासा आँखा अस्पताल बनेपासंग सम्झौता गरेर निशुल्क उपचारको व्यवस्था मिलाइएको नगर प्रमुख कुन्साङ लामाले जानकारी दिए । कसैलाई पनि दृष्टिको समस्या नहोस् भनेर यस्तो व्यवस्था मिलाएको नगर प्रमुख लामाले बताए । आँखाको समस्या भएकाले वडाबाट सिफारिस लिएर बनेपास्थित उक्त आँखा अस्पतालबाट सेवा लिन सक्नेछन् ।

    वडाको सिफारिस लिएर आउने सबैलाई निशुल्क उपचारको व्यवस्था मिलाइने अस्पताल सञ्चालक समितिका महासचिव हिरामणि शर्माले जानकारी दिए ।

    नगरपालिका र अस्पतालविच समझदारीपत्रमा हस्ताक्षर गरिएको छ । नगरपालिकाको तर्फबाट प्रमुख कुन्साङ लामा, प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद लम्साल र अस्पतालको तर्फबाट अध्यक्ष मधुप्रसाद आचार्य र महासचिव हिरामणि शर्माले हस्ताक्षर गरेका छन् ।
    मोतियाविन्दु पहिचानको लागि नगरपालिकाले अस्पतालको प्राविधिक सहयोगमा विभिन्न समयमा आँखा शिविर समेत गर्दै आएको छ ।

    प्रतिक्रिया दिनुहोस