२०८१ श्रावण ३, बिहिबार | Thu, 18, Jul, 2024

ठेकेदारको लापरवाही, अरनिको राजमार्ग पूर्ण रुपमा अवरुद्ध

  • २०८१ अषाढ २६, बुधबार मा प्रकाशित १ हप्ता अघि
  • ९७ पाठक संख्या
  • यतिखेर निर्माण सम्पन्न भएर पिच सडकमा गुड़नु पर्ने बेलामा ठेकेदारको लापरवाहीको कारण धुलिखेल खावा सडक खण्ड हिलो र पहिरोको कारण अवरुद्ध भएको छ ।

    भारी वर्षाले काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिकामा पर्ने अरनिको राजमार्ग पूर्ण रुपमा अवरुद्ध भएको छ । प्रहरीका अनुसार उक्त बाटो हिलाम्य हुँदा अवरुद्ध भएको हो ।

    धुलिखेल – ८, पुकुचामा बुधबार बिहान सवा ८ बजेदेखि सडकको दुवैतर्फी बन्द भएको प्रहरीको भनाइ छ ।

    स्तरोन्नतिका लागि निर्माणाधीन सडकमा पानी परेका कारण हिलो–लेदो माटोमा मालवाहक गाडी फसेपछि त्यसलाई निकाल्न नसकिएकोले अहिले सडक बन्द रहेको हो ।

    खावा-धुलिखेल सडक खण्डमा अहिले दुइ पाँग्रे सवारी र एम्बुलेन्स जस्ता आकस्मिक यातायातका साधन समेत रोकिएका छन ।

    सडक़ खुलाउने प्रयास भएपनि सडक विभाग र निर्माण व्यवसायी सम्पर्कमा आएका छैनन् । उक्त सडक प्रयोग नगर्न जिल्ला प्रशासन कार्यालयले अनुरोध गरेको छ ।

    प्रतिक्रिया दिनुहोस