२०८१ बैशाख १६, आईतबार | Sun, 28, Apr, 2024

नमोबुद्ध–२ का वडाध्यक्ष श्रेष्ठको उदाहरणीय सुरूवात, पदभार गरेसँगै वडालाई ३० लाख नगद र डोजर हस्तान्तरण

  • २०७९ जेष्ठ १३, शुक्रबार मा प्रकाशित १ साल अघि
  • ९०९ पाठक संख्या
  • काभ्रेको नमोबुद्ध नगरपालिका वडा नं. २ का नवनिर्वाचित वडाध्यक्ष कविराज श्रेष्ठले पदबहाली गरेका छन् ।

    वैशाख ३० मा सम्पन्न मतदानपछि भएको मतगणनामा विजयी भएका श्रेष्ठले पदभार गरेसँगै वडा कार्यालयलाई नगद ३० लाख रुपैयाँ र एकथान डोजर हस्तान्तरण गरेका छन् ।

    स्थानीय निर्वाचनको सन्दर्भमा चुनावी फजुल खर्च नगर्ने बरु वार्डमा त्यो पैसा हस्तान्तरण गर्ने प्रतिबद्धता अनुसार रकम र विकास निर्माणमा सहयोगी बनोस् भनेर डोजर हस्तान्तरण गरेको उनले जानकारी दिए ।

    लामो समयदेखि समाजसेवामा सक्रिय श्रेष्ठले खानेपानी, मोटरबाटो र शिक्षामा दिएको योगदानकै कारण विजयी भएको स्थानीयको बुझाइ रहेको छ ।

    सरल सहज र मिलनसार श्रेष्ठ सामाजिक कार्यमा सक्रिय रहेको र नमोबुद्धमा आदर्शका रुपमा चिनिएका छन् ।

    त्यस्तै श्रेष्ठले मदिराको नशामा डुबेकाले मदिराको लत छोड्ने प्रतिबद्धता जनाएमा पाँच हजार रुपैयाँ र छोडेको ३ महिनापछि अर्को पाँच हजार दिएर कुलतबाट छुटाउने अभियानले उनलाई लोकप्रिय बनाएको थियो ।

    नेपाली कांग्रेसबाट उम्मदेवारी दिएका श्रेष्ठले नेकपा एमालेका सञ्जीव ढकाललाइ पराजित गर्दै वडाध्यक्षमा निर्वाचित भएका थिए ।

    प्रतिक्रिया दिनुहोस