२०८१ बैशाख १५, शनिबार | Sat, 27, Apr, 2024

माओवादी छाडेर एमाले प्रवेश गरेका २ मेयरसहित १४ जनप्रतिनिधिको पद गयो

  • २०७८ अषाढ ११, शुक्रबार मा प्रकाशित २ साल अघि
  • ४८६ पाठक संख्या
  • माओवादी केन्द्रबाट नेकपा एमाले प्रवेश गरेका १४ जनप्रतिनिधि पदमुक्त भएका छन् ।

    माओवादी केन्द्रबाट २०७४ को स्थानीय तहमा निर्वाचित २ प्रमुख, ५ उपप्रमुख, एक अध्यक्ष, एक उपाध्यक्ष, १ नगर कार्यपालिका सदस्य, ४ जना वडाध्यक्ष नेकपा एमाले प्रवेश गरेकाले पदमुक्त भएका हुन् ।

    निर्वाचन आयोगले माओवादी केन्द्रबाट एमाले प्रवेश गरेका १४ निर्वाचित जनप्रतिनिधिहरुको पद रिक्त भएको जानकारी दिएको छ ।

    माओवादी केन्द्रले दल परित्याग गरेर एमाले प्रवेश गरेका आफ्ना जनप्रतिनिधिको पद स्वत रिक्त हुने भनी निर्वाचन आयोगलाई पत्र लेखेकाले सोही बमोजिम पद रिक्त भएको निर्वाचन आयोगले जनाएको छ ।

    पदमुक्त हुनेमा सबैभन्दा बढी रौतहटका ७ जना छन् । रौतहटका २ मेयर, चार उपमेयर र एक उपाध्यक्षको पद गएको छ । त्यस्तै कैलालीका एक उपमेयर र तीन वडाध्यक्षको पद गएको छ । महोतरी र वखलढुंगाका एकरएक वडाध्यक्ष र सिरहाका एक नगर कार्यपालिका सदस्यको पद गएको छ ।

    आयोगको असार ९ गतेको निर्णय अनुसार राजनीतिक दलसम्बन्धी नियमावली २०७४ को नियम २२ ९२० र ९३० बमोजिम माओवादी केन्द्रका १४ जनप्रतिनिधिको पद स्वत रिक्त भएको जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस