२०८१ जेष्ठ ६, आईतबार | Sun, 19, May, 2024

गीत र गजलको सङ्ग्रह ´आरम्भ` कृतिको लोकार्पण

  • २०८१ बैशाख १, शनिबार मा प्रकाशित १ महिना अघि
  • १९६ पाठक संख्या
  • सिन्धुलियन गुराँस र अथक यात्रीद्वारा रचित तथा रोसी वाङ्मय प्रतिष्ठानद्वारा प्रकाशित गीत र गजलको सङ्ग्रह ´आरम्भ` कृतिको लोकार्पण गरिएको छ । कृतिको नमोबुद्ध नगपालिकाको नगर प्रमुख कुञ्साङ लामाले  लोकार्पण गरे ।

    उक्त कृतिको बारेमा साहित्यकार श्री बाबु कार्की र प्रदिप सापकोटाले समीक्षात्मक टिप्पणी गरेका थिए ।  कविहरु टि.पि शर्मा,  छविरमण  सिलवाल, यदुनाथ बसन्तपुरे, जगदीशप्रसाद भट्ट र कमल कुइँकेलले स्रष्टाद्वयलाई शुभकामनाकासाथमा रचना वाचन गरेका थिए ।

    बाल गायिका प्राप्ति तामाङ र निशा बि.कले उक्त सङ्ग्रहमा सङ्ग्रहित गीतहरु गाएर उपस्थित सबैलाई साङ्गीतिक मनोरञ्जन प्रदान गरेका थिए ।

    कार्यक्रममा विद्यार्थी भाइबहिनीहरुले रचना वाचन गरेका थिए ।  रोसी वाङ्मय प्रतिष्ठानका अध्यक्ष टि.पि शर्माको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रम रोसी वाङ्मय प्रतिष्ठानका सचिव तथा जनक बहुमुखी क्याम्पसका प्राध्यापक यन्त्रनाथ खनालले संचालन गरेका थिए ।

    प्रतिक्रिया दिनुहोस