२०८१ जेष्ठ १, मंगलबार | Tue, 14, May, 2024

दप्चा खोलामा स्काभेटरले किच्दा प्रकाश खनालको मृत्यु

  • २०७८ बैशाख ४, शनिबार मा प्रकाशित ३ साल अघि
  • २४९७ पाठक संख्या
  • काभ्रेको नमोबुद्ध नगरपालिका दाप्चा खोलामा स्काभेटरले किच्दा एक जनाको मृत्यु भएको छ।

    वडा नम्बर ७ र ८ सिमानामा पर्ने दाप्चा खोलामा स्काभेटरले किचेर नमोबुद्ध ७ का प्रकाश खनालको मृत्यु भएको हो।

    दाप्चा खोलामा निर्माणाधीन पुल नजिकै फसेको टिपर निकाल्न गएको स्काभेटरले किचेर निर्माण व्यवसायी समेत रहेका अन्दाजी ३५ वर्षका खनालको मृत्यु भएको स्थानीयले बताएका छन्।

    उनलाई उपचारका लागि आज बिहान धुलिखेल अस्पताल ल्याइएकोमा अस्पतालले मृत घोषणा गरेको थियो ।

    प्रतिक्रिया दिनुहोस