२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

बन्चरो हानेर बुहारीको हत्या गर्ने जेठाजुलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश

  • २०७७ आश्विन १२, सोमबार मा प्रकाशित ३ साल अघि
  • १७७४ पाठक संख्या
  • काभ्रेपलाञ्चोक जिल्ला अदालतले नमोबुद्ध नगरपालिका वडा नं ८ डराउनेपोखरीमा आफ्नै बुहारीको बञ्चरो प्रहार गरी हत्या गर्ने सुदर्शन अधिकारीलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको छ ।

    जिल्ला न्यायाधिश पुरुषोत्तमप्र्रसाद ढकालको एकल इजलाशले सोमबार थुनछेक बहसको क्रममा ४२ वर्षिय सुर्दशनलाई पुर्पक्षमा राख्ने आदेश दिनुभएको जिल्ला अदालतका श्रेस्तेदार गोबिन्द घिमिरेले जानकारी दिनुभयो ।

    त्यस्तै अदालतले मृतक रञ्जनाका श्रीमान् शंकर अधिकारीलाई ५० हजार रुपैँया धरौटीमा रिहा गर्ने आदेश दिएको छ भने रन्जनाका ससुरा विष्णुप्रसाद र सासु चित्रकुमारी अधिकारीलाई सामान्य तारेखमा छोड्ने आदेश दिएको हो । रञ्जनाका श्रीमानले धरौटी बुझाउन नसकेपछि उनीपनि थुनामा गएका छन् ।

    बयानका क्रममा रञ्जनाको जेठाजु सुर्दशनले बुहारीको हत्यामा बाबुआमा तथा भाइको संलग्नता नभइ आफु एक्लैको मात्रै रहेको बयान दिएका थिए ।

    सुदर्शनले २०७७ भदौ १८ गते बिहान भाँडा माझ्ने क्रममा बुहारी रञ्जना तिमल्सिना(अधिकारी) लाई बञ्चरो प्रहार गरी हत्या गरेका थिए ।

    यो पनि पढ्नुहोस ।

    काभ्रेको नमोबुद्ध ८ डराउनेपोखरीमा आफ्नै जेठाजुले बञ्चराले हानेर बुहारीको हत्या

    ‘मेरो ममी मार्नेलाई फाँसी होस’

    प्रतिक्रिया दिनुहोस