२०७७ मंसिर १४, आईतबार | Sun, 29, Nov, 2020

काभ्रेको नमोबुद्ध ८ डराउनेपोखरीमा आफ्नै जेठाजुले बञ्चराले हानेर बुहारीको हत्या

  • २०७७ भाद्र १८, बिहिबार मा प्रकाशित २ महिना अघि
  • २९९९ पाठक संख्या
  •  

    नमोबुद्ध ८ डराउने पोखरीमा एक महिलाको हत्या भएको छ ।

    नमोबुद्ध ८ की रञ्जना तिमल्सिना अधिकारीलाई उनकै जेठाजु सुदर्शन अधिकारीले बन्चराले हानेर हत्या गरेको नमोबुद्ध ८ का वडा सदस्य मनोज अधिकारीले जानकारी दिनुभयो ।

    विहान भाँडा माझ्न लागेको ठाउँमा जेठाजु सुर्दशनले पछाडीबट बञ्चराले टाउकोमा प्रहार गरेर लडाएको त्यसपछि महिलाको घाँटीमै हानेर हत्या गरेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ । महिलाको बञ्चराले हान्दा आधा घाँटी छिनेको छ ।

    घरका अन्य सदस्य सुतेकै अवस्थामा विहिबार विहान ६ बजे बुहारीलाई बञ्चराले हानेका थिए । प्ररम्भिक अनुसन्धानमा हिजो घरायसी सम्बन्धी केहि विवाद भएको देखिन्छ ।

    जिल्ला प्रहरी कार्यालय काभ्रेका डिएस्पी कुमार विक्रम थापाको नेतृत्वमा प्रहरी घटनास्थलमा पुगेको छ । सुदर्शनलाई प्रहरीले नियन्त्रणमा लिसकेको डिएस्पी थापाले जानकारी दिनुभयो ।

    रन्जना दाप्चामा रहेको डराउनेपोखरीमा स्वास्थ्य चौकीमा कार्यरत कर्मचारी हुन ।

    प्रतिक्रिया दिनुहोस