२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

भारतमा एकैदिन ७० हजार सङ्क्रमित थपिए

  • २०७७ भाद्र ४, बिहिबार मा प्रकाशित ३ साल अघि
  • ३०६ पाठक संख्या
  • नयाँ दिल्ली– भारतमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितको संख्या ७० हजारसम्म पुग्न लागेको छ ।

    सरकारी अधिकारीहरुले बिहीबार दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा भारतमा ६९ हजार ६५२ जना सङ्क्रमित भेटिएका छन् ।

    योसँगै भारतमा अहिलेसम्म कुल सङ्क्रमितको संख्या २८ लाख भन्दा बढी पुगेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । पछिल्लो विवरण अनुसार भारतमा अहिलेसम्म २८ लाख ३६ हजार ९२६सङ्क्रमित भएका हुन् ।

    तीमध्ये छ लाख ८६ हजार ३९५ जना अझै पनि सङ्क्रमित अवस्थामै रहेको मन्त्रालयका अधिकारीहरुले जनाएका छन् ।

    त्यसैगरी भारतमा अहिलेसम्म कोरोनाका कारण मृत्यु भएकाहरुको संख्या ५३ हजार ८६६ पुगेको छ । तीमध्ये ९७७ जनाको पछिल्लो २४ घण्टामा मृत्यु भएको हो ।

     

    एजेन्सीको सहयोगमा

    प्रतिक्रिया दिनुहोस