२०८१ बैशाख १८, मंगलबार | Tue, 30, Apr, 2024

विन्धवासिनी बचत तथा ऋण सहकारीको २७ औं वार्षिक साधारण सभा सम्पन्न

  • २०७७ पौष ७, मंगलबार मा प्रकाशित ३ साल अघि
  • १०३० पाठक संख्या
  • काभ्रे तथा काठमाडौ जिल्लाभर कार्यक्षेत्र रहेको यस विन्धवासिनी बचत तथा ऋण सहकारी संस्थाले २७ औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ ।

    काभ्रे जिल्लामा मात्र नभई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा समेत आफ्नो छुट्टै पहिचान बनाउन सफल यस संस्थाले २७ औं वार्षिक साधारण सभा एवं साधारण सभा निर्णय प्रमाणिकरण कार्यक्रम सम्पन्न गरेको हो । संस्थाका अध्यक्ष प्रदिप थापाको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा राष्ट्रिय सहकारी महासंघ लिमिटेडका अध्यक्ष मिनराज कडेलको प्रमुख आतिथ्यता एवं राष्ट्रिय सहकारी वैंकका अध्यक्ष के.वि उप्रेती तथा नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कुन) अध्यक्ष परितोष पौडेलको विशेष आतिथ्यतामा सम्पन्न भएको थियो ।

    देशको यस विषम परिस्थिति कोभिड १९ अर्थात कोरोना भाईरसको जोखिमलाई मध्यनजर गरि राज्य, नियमन निकाय एवं स्थानिय निकायहरुको निर्देशन तथा मार्गदर्शन लाई समेत मध्यनजर गरी संस्थाले २०७७ मंसिर १० देखि २४ गते सम्म सदस्यलाई पायक पर्ने सेवा कार्यालय, सेवा केन्द्र एवं विभिन्न ठाउँ गरी २३ स्थानबाट सदस्य उपस्थिति गराई सोहि स्थानबाट क्षेत्रीय साधारण सभा प्रतिनिधि चयन गरी २०७७ मंसिर २७ गते सम्पूर्ण सेवा कार्यालयमा एकै दिन क्षेत्रगत साधारण सभा संचालन गरिसोही सभाबाट निर्णय प्रमाणिकरणका लागि प्रतिनिधि छनौट गरि आज साधारण सभा समापन तथा निर्णय प्रमाणिकरण कार्यक्रम सम्पन्न गरेको हो ।क्षेत्रगत समापन कार्यक्रमबाट छनौट भएका प्रतिनिधिहरुको सहभगितामा संस्थाको आ.ब २०७६/७७ को कार्य प्रगति प्रतिवेदन, ०७७/७८ को संशोधित तथा ०७८÷७९ को लक्ष्य तथा कार्यक्रम,बजेट सर्वसम्मत रुपमा पारित गरिएको थियो भने विनियम पुनः लेखन, संशोधन, नीति नियम र कार्यविधि संशोधन प्रस्ताव पारित सहित ललितपुर र भक्तपुर जिल्लाभर कार्यक्षेत्र रहेको सहकारी संस्थासंग एकिकरण गर्न संचालक समितिलाई अख्तियारी २७ औं बार्षिक साधारण सभाको निर्णय पुस्तिका प्रमाणिकरण गर्दै कार्यक्रमको समापन भएको थियो ।

    साधारण सभा समापन कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रममा राष्ट्रिय सहकारी महासंघ लिमिटेडका अध्यक्ष मिनराज कडेलले नेपालको सहकारी अभियानमा गौरव गर्न लायक सहकारी संस्था विन्धवासिनी संस्था रहको बताउँदै राष्ट्रिय तथा अन्र्तराष्ट्रिय स्तरको पुरस्कार तथा सिल्भर ब्राण्ड प्राप्त गर्ने अग्रणी संस्था हो । यसले विीत्तय सेवामा उत्कृष्टता हाँसिल गरेको र अब सदस्यको जीवनयापनका लागि उत्पादन र ब्यवसायसंग जोडिने खालका कार्यक्रम हरु संचालन गर्नु पर्ने बताए । नेफ्स्कुनका अध्यक्ष परितोष षौडेलले विन्धवासिनी बचत तथा ऋण सहकारी संस्थाको सफलता भनेकै नेफ्स्कुनको सफलता भएकाले विन्धवासिनीको हरेक सफलतासंग नेफस्कुनले गौरव गर्दै आएको धारणा ब्यक्त गरे । संस्थाले साधारण सभाको अवसरमा वागमती प्रदेश बचत तथा ऋण सहकारी संघ लि.को प्रारम्भिक साधारण सभाबाट काभे्र जिल्लाबाट निर्वाचित हुनुहुने संचालक पदाधिकारी तथा सदस्यहरुलाई सम्मान कार्यक्रम समेत सम्पन्न गरेको छ ।

    समूहगत र क्षेत्रगत अवधारणामा संचालित विन्धवासिनी साकोसले सामाजिक तथा सामुदायिक कार्यक्रम संचालन गर्दै सामाजिक उत्तरदायित्व निर्वाह गरि काभ्रे तथा काठमाडौ जिल्लाभित्र १७९० वटा समूह मार्फत ३८ हजार ८ सय १७शेयर सदस्य र ७ हजार ९ सय ५३ जना शैक्षिक बाल बचतकर्ता गरी कुल ४६ हजार ७ सय७०सेवाग्राही, शेयर पुँजी ३४ करोड ३८ लाख ९२ हजार, ऋण लगानीमा वाँकी २ अर्व ५४ करोड ६५लाख ९७ हजार, बचत तथा निक्षेप २ अर्व ४४ करोड ८८ लाख १९ हजार पु¥याई कुल सम्पत्ती ३ अर्ब ३८ करोड ६४ लाख ८४ हजार सम्पति पु¥याउन संस्था सफल भएको संस्थाका प्रमुख व्यवस्थापक के.वि लामाले जानकारी दिए ।
    होटल उग्रचण्डीमा भएको साधारण सभामा संस्थाका समिति, उपसमिति, कर्मचारी एवं प्रतिनिधि सदस्यहरुको उपस्थिति रहेको थियो । उक्त सभाको संचालन संस्थाका संचालक समितिका सचिव रामशरण भण्डारीले गरेका थिए भने स्वागत मन्तव्य संचालक समितिका उपाध्यक्ष भिमसेन प्रसाद सापकोटाले राखेका थिए ।

    प्रतिक्रिया दिनुहोस