२०८१ आश्विन ५, शनिबार | Sat, 21, Sep, 2024

पिपुल्स साकोसको १८ औं वार्षिक साधारण सभा सम्पन्न

सहकारीहरुको समस्याका बारेमा काम गरिरहेका छौं : बादे
  • २०८१ भाद्र ३०, आईतबार मा प्रकाशित ५ दिन अघि
  • ३६ पाठक संख्या
  • पिपुल्स बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १८ औं वार्षिक साधारण सम्पन्न भएको छ ।

    पिपुल्स बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष निरन शाक्यको सभापतित्व तथा वागमती प्रदेश सभा सदस्य कन्चन चन्द्र बादेको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ ।

    कार्यक्रममा बादेले पिपुल्स साकोस सहकारी ऐन निति र नियममा सञ्चालन भएका कारणले आज सदस्यहरुका माझ ढुक्कले कार्यक्रम गर्न सफल भएको बताए । प्रदेश सरकारले सहकारीहरुको समस्याका बारेमा काम गरिरहेको समेत बादेले बताए ।

    संस्थाले सदस्य सेवा कार्यक्रम अन्तरगत उत्कृष्ट बचत कर्ता, उत्कृष्ष्ट ऋणी सम्मान, एस ई ई विद्यार्थी सम्मान, नवजात शिशु र जेष्ठ सदस्यलाई निशुल्क सदस्यता वितरण, विभिन्न कम्पनीहरुको रेमिट्यान्स सेवा, मोवाईल रिचार्ज सेवा÷टेलिफोन तथा विजुली भुक्तानि सेवा, न्यनतम ५ हजार रकम भएका शेयर सदस्यहरुको १ लाख सम्म दुर्घटना विमा, स्वास्थ्य उपचार सेवा, परिवार समवेदना राहत, सदस्य साक्षरता शिक्षा, सदस्यलाई संरक्षित पुजीं फिर्ता कोष रकम वितरण गरेको थियो ।

    कार्यक्रममा संस्थाको आर्थिक वर्ष २०८०/०८१ को वार्षिक प्रतिवेदन सचिव देबेन्द्र श्रेष्ठले, आर्थिक प्रतिवेदन कोषाध्यक्ष सन्तोष कुमार घिमिरेले तथा लेखा सुपरिबेक्षण प्रतिवेदन संयोजक रजिब श्रेष्ठले प्रस्तुत गरेका थिए ।

    संस्थाको कुल शेयर पुजीं २ करोड ९३ लाख ८५ हजार, निक्षेप संकलन २७ करोड ४६ लाख ९९ हजार, ऋण लगानी २३ करोड ४ लाख ९३ हजार, जगेडा कोष १ करोड ६८ लाख २२ हजार रहेको  छ । कार्याक्रममा नेफ्स्कुनका कोषाध्यक्ष दिपक थापा, जिल्ला सहकारी संघ लिका अध्यक्ष अमन पोटे, जिल्ला बचत सघंका सह सचिब विकास बादे, राष्ट्रिय सहकारी बैक बनेपा शाखाका अध्यक्ष उपेन्द्र दाहाल लगाएतले संस्थाका उपाध्यक्ष पवन राज कर्णजित लगायतले मन्तव्य राखेका थिए ।

    सभाले पुन निरन शाक्यको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।

    प्रतिक्रिया दिनुहोस