२०८१ आश्विन ५, शनिबार | Sat, 21, Sep, 2024

पनौती नेपालकै दोश्रो बालश्रममुक्त नगरपालिका “घोषित”

  • २०८१ भाद्र २९, शनिबार मा प्रकाशित ६ दिन अघि
  • ३८ पाठक संख्या
  • बालदिवसको अवसरमा पनौती नगरपालिका नेपालकै दोश्रो बालश्रममुक्त नगर घोषित भएको छ । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले पनौती नगरलाई ‘बालश्रममुक्त नगरपालिका’ घोषित गरे ।

    बाग्मती प्रदेशका मुख्यमन्त्री बहादुर सिं लामा (तामाङ)ले प्रदेशलाई नै बालमैत्री र बालश्रममुक्त बनाउन प्रदेश सरकारले विभिन्न नीति र कार्यक्रम ल्याउने बताए ।

    नगरपालिकाका १२ वटै वडाहरुमा कार्यक्रम नै बनाएर अनुगमन गरी नगर बालश्रम समन्वय समिति र कार्यपालिकाबाट बालश्रममुक्त वडा घोषणाका लागि अनुमती प्रदान गर्दै सबै वडा बालश्रममुक्त घोषणा गरिसकेर नगर घोषणा गरिएको नगर प्रमुख रामशरण भण्डारीले जानकारी दिए ।

    पनौती नगरपालिकाले संघीय सरकारको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जारी गरेको बालश्रममुक्त स्थानीय तह घोषणा कार्यविधी २०७७ अनुसार बालश्रममुक्त नगरपालिका घोषणा कार्यविधी २०८० तयार गरी अन्तराष्ट्रिय श्रम संगठन (आइएलओ) को सहकार्यमा सो अनुरुप विभिन्न गतिविधी सञ्चालन गर्दै आएको छ ।

    घोषणा कार्यक्रममा बागमती प्रदेशका सांसद कंचनचन्द्र बादे र तीर्थ लामा, नगर उपप्रमुख गीता बंजारा, अन्तर्राष्ट्रिय श्रम संगठन(आइएलओ)का राष्ट्रिय निर्देशक नुमान ओजकान, पनौती नगर बाल समुह सन्जालका पुर्व अध्यक्ष दिक्षित न्यौपाने लगायतले शुभकामना व्यक्त गरे ।

    त्यस्तै मुख्यमन्त्री लामासहित बाग्मती प्रदेश सभा सदस्य वादे र लामा, पनौती नगरप्रमुख भण्डारी, उपप्रमुख बन्जारा, नमोबुद्ध नगरपालिका प्रमुख कुनसाङ लामा, पनौती नगरपालिकाका सबै वडा अध्यक्षसहित जनप्रतिनिधि, प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद आचार्यलगायत कर्मचारी, सरोकारवाला लगायतले त्यसको दिगोपनाको लागि प्रतिवद्धतापत्रमा हस्ताक्षर गरेका थिए ।

    प्रतिक्रिया दिनुहोस