२०८१ आश्विन ५, शनिबार | Sat, 21, Sep, 2024

आर्थिक विकास मित्र साकोसको पाँचखाल बैठक सम्पन्न

सहकारीहरु बिच एकीकरण र सहकार्य आवश्यक : नगरप्रमुख खरेल
  • २०८१ आश्विन ४, शुक्रबार मा प्रकाशित १ दिन अघि
  • ५६ पाठक संख्या
  • आर्थिक विकास मित्र बचत तथा ऋण सहकारी संस्थाको १८ औ बार्षिक साधारणसभा अन्तरगत पाँचखाल इकाई बैठक सम्पन्न भएको छ ।

    बिहिबार पाँचखाल नगरपालिकाका नगरप्रमुख महेश खरेलको प्रमुख आतिथ्यता तथा संस्थाका अध्यक्ष बाबुकाजी पराजुलीको सभापतित्वमा सम्पन्न भयो।

    नगरप्रमुख खरेलले पाँचखालको अभिभावक संस्था बित्तीय रुपमा सक्षम सबल र सदस्य मैत्री रहेको बताए । उनले सहकारीहरु बिच एकीकरण र सहकार्य आवश्यक रहेको र काभ्रे जिल्ला कै अग्रणी सस्था बन्न आर्थिक बिकास सफल हुने तथा अन्य सस्थाका लागि अनुकरणीय रहेको समेत धारणा प्रस्तुत गरे ।

    कार्यक्रममा  जिल्ला समन्वय समितिका प्रवक्ता अप्सरा ढुंगाना, पाँचखाल नगर उप-प्रमुख सुर्यमाया दनुवार,पाँचखाल नगर पालिका वडा अध्यक्षहरु  सुन्दर तामाङ, जय बहादुर तामाङ , सिताराम ढुंगाना र रामकाजी श्रेष्ठ , रेडक्रस काभ्रे शाखाका सभापती रघुनाथ हुमगाइ, सस्थापक अध्यक्ष इश्वरिराजकुमार मैनाली, पुर्ब अध्यक्ष दामोदर अधिकारी, लेखा समिती संयोजक बद्री प्रसाद आचार्य , सस्थाका कानुनी सल्लाहकार एव निर्वाचन संयोजक हरिशरण दाहाल, सल्लाहकार सत्यबती भट्टराई , स्वेच्छा साकोस का अध्यक्ष ओमकार श्रेष्ठ ,प्रतिष्ठा कृषि सहकारी का अध्यक्ष ज्ञान बहादुर थापा,प्रगतिशील बहुउद्देश्यीय .सहकारी का अध्यक्ष केशव प्रसाद काफ्ले,पाँचखाल भ्याली बहुउद्देशिय सहकारी का अध्यक्ष केदार लुइँटेल ,ग्रामीण महिला बिकास बहुउद्देश्यीय  सहकारीका सह सचीव कुसुम दुलाल लगायतको आतिथ्यता सहित शुभकामना मन्तव्य  रहेको थियो। सस्थाका उपाध्यक्ष राजन कार्कीले सहभागी अतिथि एवम्  सदस्यहरुमा स्वागत मन्तब्य राखेका थिए ।

    कार्यक्रममा नव जनहित इङलिस बोर्डिङ स्कुल पाँचखालमा अध्ययनरत बिद्यार्थी भाइबहिनीहरुले विभिन्न सहकारी नृत्य तथा झाकी प्रस्तुत गरेका थिए ।

    संस्थाको आर्थिक वर्ष २०८०/०८१ को वार्षिक प्रतिबेदन सचिब रामप्रसाद कोइरालाले,आर्थिक प्रतिबेदन कोषाध्यक्ष दामोदर दुलालले र लेखा सुपरिबेक्षण समितिको प्रतिबेदन संयोजक बद्रि आचार्यले सभामा प्रस्तुत गरेका थिए । संस्थाको कुल शेयर पुँजी ९ करोड ८५ लाख, बचत ७७ करोड ६३ लाख ऋण लगानी ९१ करोड सहित  कुल १ अर्ब  ३ करोड को वासलत प्रस्तुत गरिएको थियो ।

    भेलाका क्रममा आ व २०८०/८१ मा उत्कृष्ट बचत,ऋण कारोबार,शेयर खरिद, बाल बचत कारोबार गर्ने सदस्यहरुलाइ विभिन्न बिधामा सम्मान गरेको छ । साथै संरक्षित पुजि फिर्ता कोषबाट अधिकतम लाभ प्राप्त गर्नुहुने बचत कर्ताहरु र ऋणीहरुलाइ सम्मान गरिएको छ।

    सभाबाट बर्ष २०८०/८१ को आर्थिक बिकास अवार्ड सस्थाका पुर्ब अध्यक्ष दामोदर अधिकारी र उदियमान युवा ब्यबशायी सम्मान तर्फ सदस्य प्रकाश सापकोटा लाई सम्मान गरिएको छ।

    यसैबीच सस्थाको १८ औ बार्षिक सभाका अवसरमा रेड्क्रस सोसाइटी अनैकोट उपशाखाको समन्वय र काभ्रे ब्लड बैंकको प्राबिधिक सहयोगमा रक्तदान कार्यक्रम आयोजना भएकोमा २७ जना रक्तदाताबाट रगतदान भएको थियो ।

    साथै असोज २९ गते सेवा केन्द्र मण्डनदेउपुरमा प्रमुख अतिथि मण्डन देउपुर नगरका मेयर टोक बहादुर वाइवा र सभाअध्यक्ष संस्थाका अध्यक्ष बाबुकाजी पराजुलीको सभापतित्व तथा  बनेपा सेवा केन्द्रमा बनेपा नगरका उपमेयर बिमला दाहाल र सभाअध्यक्ष संस्थाका उपाध्यक्ष राजन कार्कीको सभापतित्वमा सम्पन्न भएको थियो ।

    प्रतिक्रिया दिनुहोस