२०८१ आश्विन ५, शनिबार | Sat, 21, Sep, 2024

आर्थिक बिकास मित्र साकोसको बनेपा सेवा केन्द्रको भेला सम्पन्न

  • २०८१ भाद्र ३०, आईतबार मा प्रकाशित ५ दिन अघि
  • ९३ पाठक संख्या
  • आर्थिक बिकास मित्र साकोसको १८ औ बार्षिक साधारणसभा अन्तर्गत बनेपा सेवा केन्द्रको भेला सम्पन्न भएको छ ।

    संस्थाका उपाध्यक्ष राजन कार्किको सभापतित्व तथा बनेपा नगरपालिका उपप्रमुख बिमला सापकोटाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा लेखा समिती संयोजक बद्री प्रसाद आचार्य , सल्लाहकार नारायण प्रसाद ढुंगाना, पुर्ब संचालक बासुदेव शर्मा हुमगाइ बनेपा सेवा केन्द्र ब्यबस्थापन समिती सदस्य शिवराम आचार्य,  कोषाध्यक्ष दामोदर दुलालले  आर्थिक प्रतिवेदन पेश गरेका थिए ।

    सेवाकेन्द्रमा आबद्ध कुल सदस्यको ६१% सदस्यको सहभागिता रहेको कार्यक्रमबाट  सस्थाको बार्षिक प्रगती प्रतिबेदनहरु, योजना तथा बजेट , लेखा प्रतिबेदनहरु उपर छलफल सहित पारित गरेको उपाध्यक्ष राजन कार्कीले जानकारी दिए ।

    भेलाले ४ जना प्रतिनिधि र १३ जना माइन्युट प्रमाणीकरण प्रतिनिधि चयन गरेको छ । साथै आ व २०८०/८१ मा उत्कृष्ट बचत,ऋण कारोबार,शेयर खरिद, बाल बचत कारोबार गर्ने सदस्यहरुलाइ विभिन्न बिधामा सम्मान गरेको छ । संरक्षित पुजि फिर्ता कोष बाट अधिकतम लाभ प्राप्त गर्नुहुने बचत कर्ताहरु र ऋणीहरुलाइ सम्मान गरिएको छ।

    प्रतिक्रिया दिनुहोस