२०८१ आश्विन ५, शनिबार | Sat, 21, Sep, 2024

काभ्रे क्याम्पसमा टेबल टेनिस कभर्ड हल

बाग्मती प्रदेशका मुख्यमन्त्री बहादुर सिं लामाद्वारा उद्घाटन
  • २०८१ भाद्र २९, शनिबार मा प्रकाशित ६ दिन अघि
  • ७९ पाठक संख्या
  • काभ्रे बहुमुखी क्याम्पसमा टेबल टेनिस कभर्ड हल निर्माण भएको छ ।

    बनेपा नगरपालिकाको करिव ४० लाख आर्थिक सहयोगमा क्याम्पसको छत उपयोग गर्दै बनेको कभर्ड हलको बाग्मती प्रदेशका मुख्यमन्त्री बहादुर सिं लामा तामाङले एक कार्यक्रविच स्पोर्टस हल उद्धघाटन गरे ।

    केएमसी स्पोर्टस हल नाम दिइएको हलमा अहिले १० वटा टेबल टेनिस बोर्ड छन् ।

    कार्यक्रममा बागमती प्रदेशकका मुख्यमन्त्री बहादुर सिं लामाले खेलकुद क्षेत्रमा लगानी गर्न आवश्यक रहेको बताएका छन् ।

    लामाले खेलकुदको क्षेत्रमा खासै लगानी नगरिएको र यस क्षेत्रमा लगानी गर्न आवश्यक रहेको बताउॅदै खेलले मानिसलाई स्वस्थ्य र अनुशासित बनाउने भएकाले सानै उमेरबाटै खेलकुदका क्रियाकलापमा सहभागी हुन पनि आग्रह गरे ।

    कार्यक्रममा बागमती प्रदेश सभाका सदस्य कञ्चन चन्द्र बादे, बनेपा नगरपालिकाका प्रमुख शान्ति रत्न शाक्य, नेपालपत्रकार महासंघ काभ्रेका अध्यक्ष बद्रिराज तिमल्सिना, क्याम्पस संचालक समितिका अध्यक्ष लम्बोधर कायस्थ, क्याम्पस प्रमुख केजी बैदार लगायतले खेल क्षेत्रबारे चर्चा गरेका थिए ।

     

    प्रतिक्रिया दिनुहोस