२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

७५ सदस्यीय नेपाल तरुण दल धुलिखेल नगर कार्यसमिति विस्तार

सभामुख एमालेको कार्यकर्ता बने : कांग्रेस सह–महामन्त्री आङदम्बे
  • २०८१ जेष्ठ १२, शनिबार मा प्रकाशित २ महिना अघि
  • ३३८ पाठक संख्या
  • नेपाल तरुण दल धुलिखेल नगर कार्यसमिति ७५ जनाको बनेको छ । शनिवार धुलिखेलमा अयोजना भएको कार्यक्रममा छिरिङ तामाङको नेतृत्वमा ७५ जनाको कार्यसमिति विस्तार भएको हो ।

    समितिको उपसभापतिमा अनुप लामिछाने, विनोद कुमार धिताल, भिमसेन थापा, सनिस तुसुजु, सचिवमा शुसिल रानाभाट, सनिता अछामी, सरोज खड्गी, सह सचिवमा मनोज लामा, जिदान वाईवा, अजय लामा, कोषाध्यक्षमा  दिपेश रानाभाट, सह कोषाध्यक्षमा कुमार खत्री लगायत ७५ जनाको कार्यसमिति विस्तार भएको हो ।

    कार्यक्रमको उद्घाटन गर्दै नेपाली कांग्रेसका सह–महामन्त्री भीष्मराज आङदम्बे प्रतिनिधी सभाका सभामुख देवराज घिमिरे एमालेको कार्यकर्ता भएर प्रस्तुत भएको आरोप लगाएका छन् ।

    उनले भने–‘ सत्तारुढ दल एमालेका नेता केपी ओलीको आदेश मानेर सभामुखले लोकतान्त्रिक अभ्यास कमजोर बनाए, संसद प्रतिपक्षको हो तर सभामुखले एमालेको कार्यकर्ता जस्तै प्रस्तुत भए, ।’  सहकारी ठगि प्रकरण र गिरिबन्धु टि–स्टेटको जग्गा प्रकरणमा छानबनि गर्न नचाहेकोले कांग्रेस सडक आन्दोलनमा गएको बताए ।

    नेपाली कांग्रेस काभ्रेका सभापति एवं बाग्मती प्रदेशका पूर्वमन्त्री तीर्थ लामाले विचार, संस्कार र संगठनसहितको तरुण दल आवश्यकता भएकोले १३५ वटै वडा र टोलमा तरुण दलको संगठन लैजान निर्देशन दिए ।

    नेपाल तरुण दलका अध्यक्ष विद्वान गुरुङले जनतामा भ्रम छरेर उदायका नयाँ पार्टीले फण्डा, भ्रष्टाचार मात्रै ल्याएको भन्दै देशमा आर्थिक संकट, बेरोजगारी, विदेश पलायन बढ्नुमा नयाँ पार्टीका फण्डा, झुटा आश्वासन पनि कारक रहेको बताए ।

    कार्यक्रममा नेपाली कांग्रेस काभ्रेका उपसभापति ठाकूरप्रसाद न्यौपाने, रमेशप्रसाद हुमागाई, नेता अच्युतप्रसाद पौडेल, कोषाध्यक्ष जगन्नाथ गिरी, वी.पी अध्ययन प्रतिष्ठानका अध्यक्ष धर्मेन्द्र नेम्वाङ, कांग्रेस जिल्ला सदस्य रहेका तरुण दल काभ्रेका पूर्व अध्यक्ष राम जोशी, कांग्रेस जिल्ला सदस्य रहेका रहेका धुलिखेल नगर उपप्रमुख निराजन जंगम, प्रदेश सभा २ (क) का सभापति हेम लामा, भुम्लु गाउँपालिका उपाध्यक्ष, जितेन्द्रमान लामा (दावा), नेपाल पत्रकार महासंघ काभ्रेका अध्यक्ष बद्रिराज तिमल्सिना, नेपाली कांग्रेस धुलिखेलका सभापति विदुरबहादुर बस्नेत, नेपाल तरुण दलका केन्द्रीय सदस्य कमल लामा, स्मिता लामा, जिल्ला अध्यक्ष सुजन लामा, नेपाल दलित संघ काभ्रेका अध्यक्ष उस्पर सुनार, नेपाल तरुण दल प्रदेश सभा १ (क) का सभापति रामध्वज लामा, नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्य सम्पूर्ण थापा, नेपाल तरुण दल धुलिखेलका सभापति छिरिङ लामा लगायतले कांग्रेसको विचार र संगठन निर्माण तरुण दलले भूमिका खेल्नुपर्ने बताए ।
    कार्यक्रममा नेकपा एमाले धुलिखेल वडा नं ११ का सहसचिव माननाथ हुमागाइ (नवराज) पाटी परित्याग गरी कांग्रेस प्रवेश गरेका थिए । उनलाई नेपाली कांग्रेसका सह–महामन्त्री भीष्मराज आङदम्बे र नेपाली कांग्रेस काभ्रेका सभापति तीर्थ लामाले काँग्रेस पार्टीमा स्वागत गरेका थिए ।

    प्रतिक्रिया दिनुहोस