२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

नेकपा एस काभ्रेको नवनिर्वाचित कार्यसमितिको सपथ

तत्काल पार्टी एकता हुँदैन संगठन निर्माणमा जुट्नुस : नेपाल
  • २०८० चैत्र १२, सोमबार मा प्रकाशित ४ महिना अघि
  • २६८ पाठक संख्या
  • नेकपा (एकीकृत समाजवादी) काभ्रेको १० औँ जिल्ला अधिवेशनबाट निर्वाचित जिल्ला कमिटीको सपथग्रहण भएको छ ।

    सोमवार बनेपा स्थित जिल्ला पार्टी कार्यालयमा आयोजित कार्यक्रममा पार्टीका केन्द्रीय अध्यक्ष पूर्वप्रधानमन्त्री माधव कुमार नेपालले सपथ खुवाए ।

    सपथग्रहण समारोहलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले तत्काल पार्टी एकता कोहीसँग नहुने भन्दै मजबुद संगठन निर्माणमा जुट्न नेता कार्यकर्तालाई निर्देशन दिए । ‘हामी तत्काल कुनै पनि दलसँग एकता गर्ने पक्षमा छैनौँ । जनताको मुद्दामा पार्टीलाई जोड्नुहोस् । सशक्त ढंगले लाग्नुहोस् ।’ नेपालले भने ।

    यही चैत ३ र ४ गते बनेपामा सम्पन्न १० औँ अधिवेशनबाट बसुन्धरा हुमागाईको अध्यक्षतामा ५७ सदस्यीय नयाँ जिल्ला कमिटी निर्वाचित भएको थियो । उपाध्यक्षमा रघुवर चौ प्रधान र पासाङ ढोल्मु लामा, सचिवमा गोकुल गौतम निर्विरोध निर्वाचित, उपसचिवमा हरिगोपाल प्रधानाङ्ग, भेषराज शाही र कृष्ण बहादुर तामाङ निर्वाचित भएका थिए ।

    जिल्ला कमिटी सदस्यमा राजकृष्ण गिरी, शम्भुप्रसाद न्यौपाने, गीता मगर, टिकाप्रसाद हुमागाई, दयासागर श्रेष्ठ, सञ्जिता लामा, सन्तनु केसी, डाक बहादुर कार्की, गिता अधिकारी निर्विरोध निर्वाचित भए ।

    त्यस्तै राज कुमार तिमल्सेना, जानुका पौड्याल र पञ्च तामाङ, रणबहादुर बोहोरा, पुरुषोत्तम आचार्य र कल्पना श्रेष्ठ, पवित्रा भट्टाराई, डिल्लीप्रसाद आचार्य, माधवप्रसाद न्यौपाने, निशा लामा, जगत बहादुर तामाङ, विनु थापा मगर, मिठाई लामा, सीतादेवी तिमल्सिना, कृष्ण बहादुर दर्लामी मगर, निर बहादुर वाईबा र चन्द्रकुमारी लुङ्गेली, टिकालाल तामाङ, मनिषा तामाङ, कालिका खरेल, मोतिलाल लामा र गोकुल गौतम विजयी भए ।

    खुल्ला क्षेत्रबाट ईश्वर बञ्जारा, चमारसिं तामाङ, चन्दा लामा, राजन प्रसाद पराजुली, अल्पसंख्यक तर्फबाट विकास राई र कल्पना भुजेल, दलित सदस्य पदमा मनिष वर्देवा र सम्झना विक, अपाङ्गता क्षेत्रबाट लोकेन्द्र कुमार सापकोटा निर्वाचित भए ।

    युवा सदस्य तर्फबाट विजय लामा (धनबहादुर), सन्तोष चौलागाई, रामेश्वर आचार्य, बुद्धलाल तामाङ, राज कुमार शाह, तुल बहादुर तामाङ, रिना वाईबा तामाङ, राम बहादुर तामाङ, अप्सरा न्यौपाने, कोपिला तामाङ जिल्ला कमिटीमा निर्वाचित भए ।

    सपथग्रहण कार्यक्रममा उपमहासचिव गंगालाल तुलाधर, बागमती प्रदेश कमिटी अध्यक्ष सावित्रा भुसाल, केन्द्रीय अनुशासन आयोगका अध्यक्ष शिव बहादुर देउजा, निर्वाचन आयोगका अध्यक्ष माधव पौडेल, केन्द्रीय सदस्य विदुर सापकोटा, केन्द्रीय सदस्य एवं काभ्रे जिल्ला इन्चार्ज टोक बहादुर वाईबा, केन्द्रीय सदस्य एवं काभ्रे जिल्ला सहइन्चार्ज मुकुन्द गौतम लगायत सहभागि थिए ।

    प्रतिक्रिया दिनुहोस