२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

बहल्टारेश्वर महादेव मन्दिर निर्माणार्थ धान्याञ्चल महायज्ञ

  • २०८० चैत्र १०, शनिबार मा प्रकाशित ४ महिना अघि
  • २१९ पाठक संख्या
  • बहल्टारेश्वर महादेव मन्दिर निर्माणार्थ श्रीमद् भागवत महापुराण सप्ताह धन धान्याञ्चल महायज्ञ हुने भएको छ ।

    धुलिखेल ८, बडालगाउँमा रहेको जनचेतना युवा समूहको मुल आयोजनामा  आगामी चैत्र १७ गतेदेखि २४ गतेसम्म श्रीमद् भागवत महापुराण सप्ताह धन धान्याञ्चल महायज्ञ आयोजना गरिएको मुल आयोजक समिति संयोजक एवं युवा समुहका अध्यक्ष रमेश न्यौपानेले जानकारी दिए ।

    परापूर्वकालदेखि संरक्षण हुँदै आएको बहल्टारेश्वर महादेव मन्दिरको निर्माण गर्ने स्थानीयहरुको सोच अनुरुप पहलकदमी गरिएको न्यौपानले बताए ।

    महायज्ञमा अनन्तश्री विभुषित मुक्तिनाथ पीठाधिश्वर स्वामी कमलनयनाचार्य श्रीजी महाराज (श्री मुक्तिनाथ बाबा) को प्रमुख आतिथ्यता एवं आचार्य विष्णुहरि बडाल, आचार्य सुदर्शन बडालको प्रमुख वाचकत्व तथा पण्डित रामहरी बडालको उपवचकत्व रहने छ ।

    पत्रकार सम्मेलनमा वडा अध्यक्ष विनोद गौतम, मन्दिर निर्माणका लागि अध्यक्ष पुरुषोतम बडाल लागायतले महायज्ञ बारे चर्चा गरेका थिए ।

    मन्दिर निर्माणका लागि पहिलो चरणमा ९५ लाख लाग्ने तथा  त्यसमध्ये नगरपालिका संग ६०/४० को समझौता अनुसारको ३८ लाख रुपैया उठाउने लक्ष्य राखिएको क्लबले जनाएको छ ।

    कार्यक्रम अनुसार २०८० चैत्र १७ गते विहान कलशयात्रा, दिउँसो महायज्ञ समुद्घाटन समारोह, मण्डप पूजन गरिने छ भने १८ गते देखि २४ गतेसम्म सङ्गीतमय कथा प्रवचन गरिनेछ । त्यस्तै चैत्र २३ गते साँझ सवा ११ लाख दीप प्रज्वलन गरी २४ गते तील चढाउने, महापूर्णाहुति, तिलकप्रसाद वितरण, महाअभिषेक, यज्ञ समापन गरिने छ ।

    प्रतिक्रिया दिनुहोस