२०८१ श्रावण ११, शुक्रबार | Fri, 26, Jul, 2024

धुलिखेलमा नेपाल राष्ट्र बैकको पूर्व बजेट छलफल

  • २०८० चैत्र १, बिहिबार मा प्रकाशित ४ महिना अघि
  • २०७ पाठक संख्या
  • नेपाल राष्ट्र बैक आर्थिक अनुसन्धान विभागको आयोजनामा आर्थिक वर्ष २०८१/२०८२ को बजेट तर्जुमा हुनु अगाडी पूर्व बजेटबारे छलफल भएको छ । विभिन्न सरोकारवाला निकायहरुको सहभागितामा सरकारल तयार पार्दै गरेको बजेटमा सहयोग पुर्याउने उदेश्यले आयोजना भएको छलफलमा विभिन्न स्थानबाट कृषक प्रतिनिधी, उद्योगी, ब्यवसायी, बैंकर्स तथा सरकारी निकायका सरोकारवाला ब्यक्तिहरुको सुझाव संकलन भएको थियो ।

    बैदेशिक ब्यापारको वर्तमान अवस्था, आयात निर्यात गरिने प्रमुख बस्तुहरु, आगामी वर्षको परिदृश्य, प्रमुख समस्या र समाधानका उपायहरु, उक्त क्षेत्रमा दीगो आर्थिक विकासका लागि लगानी अभिबृद्धि तथा स्रोत परिचालनमा सहयोग पु¥याउने महत्वपूर्ण क्षेत्रहरुका बारेमा सुझावहरु प्रस्तुत भएका छन् । साथै पछिल्लो समय देखिएका आर्थिक संकट, त्यसले पुर्याएको असर, समग्र क्षेत्रको अवस्थाका सरोकारवाला निकायका प्रतिनिधीहरुले सुझाव दिएका थिए ।

    कार्यक्रमा नेपाल राष्ट्र बैकका डेपुटी गर्भनर बमबहादुर मिश्रले नेपालको वर्तमान अवस्था र आगामी दिनका योजना साथै चुनौतीका बारेमा जानकारी गराएका थिए ।

    बैकका अनुसनधान निर्देशक प्रकाशबहादुर श्रेष्ठले कायृपत्र प्रस्तुत तथा उप निर्देशक सजना शिल्पकारले नेपाल सरकारले लिएको नीति र वर्तमान अवस्थाका बारेमा जानकारी गराएका थिए ।

    कार्यक्रममा धुलिखेल नगरपालिकाका प्रमुख अशोक ब्याञ्जु, काभ्रे उद्योग बाणिज्य संघका अध्यक्ष राजेन्द्र पसंक्षे, क्षेत्रीय होटल संघकाभ्रेका सचिव जोत्सना सैजु लगायतले आर्थिक संकट र त्यसले पारेको असरबारे मन्तब्य राखेका थिए ।

    प्रतिक्रिया दिनुहोस