२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

५ बुँदे सहमतिपछि जिसस प्रमुख गौतमले आमरण अनसन तोडे

३ दिनभित्र इक्यूपमेन्ट उपलब्ध गराई निर्माण कार्य द्रुत गतिमा नगरिए सडक डिभिजन कार्यालयले ठेक्का तोड्ने
  • २०८० फागुन १२, शनिबार मा प्रकाशित ५ महिना अघि
  • २१९ पाठक संख्या
  • जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकका प्रमुख दिपक कुमार गौतमले ५ बुँदे सहमतिपछि आफ्नो आमरण अनसन तोडेका छन ।

     सडक डिभिजन कार्यालय भक्तपुर र निर्माण कम्पनी गौरी पार्वती निर्माण सेवा प्रा.लिसँग फागुन १५ गतेसम्म कम्तीमा १०० जना जनशक्ति, ४ वटा एक्साभेटर, ७ वटा टिपर लगायत अन्य आवश्यक निर्माण सामग्री साइटमा परिचालन गरि निर्माण कार्यलाई द्रुत गतिमा अगाडी बढाउने,  ३ दिनभित्र इक्यूपमेन्ट उपलब्ध गराई निर्माण कार्य द्रुत गतिमा नगरिए सडक डिभिजन कार्यालयले ठेक्का तोड्ने प्रक्रिया अगाडी बढाउने, ठेक्का तोड्न निर्माण ब्यवसायको पनि सहमति रहने, ठेक्का तोडिएपछि निर्माण ब्यवसायी कहि कतै उजुरबाजुरमा नजाने, निर्माण कार्य शुरु भएपछि आवश्यकता अनुसार चाहिने ईक्युपमेन्टहरु थपेर धुलिखेलदेखि २ किलोमिटर सडक चैत १९ गतेभित्र निर्माण ब्यवसायीले कालोपत्रे गरि सम्पन्न गर्ने, बाँकी निर्माण कार्य त्यसपश्चात तत्काल शुरु गर्ने , काम सूचारु भएपछि निर्माण कार्यको गति, प्रगति सन्तोषजनक नभएको खण्डमा सडक डिभिजन कार्यालय भक्तपुरले जुनसुकै बेलापनि ठेक्का तोड्ने प्रक्रिया अगाडी बढाउने तथा सडक डिभिजन कार्यालय भक्तपुर र निर्माण ब्यवसायी गौरी पार्वती निर्माण सेवा प्रा.लिको बीचमा भएको सहमतिमा सहमत भई आज मिति २०८०-११-११ गतेबाट जिल्ला समन्वय समितिका प्रमुखले सुरु गरेको आमरण अनसन अन्त्य गर्ने सहमत भएका हुन ।

     निर्माण ब्यवसयीको तर्फबाट प्रोपाईटर राम कुमार थापा र निर्देशक विशाल थापाले सहमति पत्रमा हस्ताक्षर गरेका छन् । सडक डिभिजन कार्यालय भक्तपुरको तर्फबाट डिभिजन प्रमुख मेघराज मरासिनी र इन्जिनियर सुमन बस्नेतले हस्ताक्षर गरेका छन् ।

    पाँचखाल नगरपालिका वडा नम्बर–५ का अध्यक्ष सिताराम ढुंगाना, धुलिखेल नगरपालिका वडा नम्बर–८ का अध्यक्ष विनोद गौतमको रोहवरमा सहमति भएको थियो ।

    काभ्रेका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मासडक विभाग उपनिर्देशक रामहरि पोखरेल, संघिय सडक सुपरिवेक्षण कार्यालय काठमाडौँका सिनियर डिभिजन इन्जिनियर अर्जुन अर्याल, लगायतको उपस्थितिमा सहमति भएको थियो।

     जिसस प्रमुख गौतमको आमरण अनसन तोडाउन विहानैदेखि सरकारी तबरबाट पहल भएको थियो । सडक विस्तारको सम्झौता मिति यही चैत १९ गते सकिँदैछ ।

    प्रतिक्रिया दिनुहोस