२०८१ बैशाख १८, मंगलबार | Tue, 30, Apr, 2024

धुलिखेलमा श्वेत भैरवको मुर्ति स्थापना

  • २०८० फागुन ६, आईतबार मा प्रकाशित २ महिना अघि
  • १०० पाठक संख्या
  • धुलिखेल नगरपालिकाको ३८ औ स्थापना दिवसको अवसरमा धुलिखेलमा श्वेत भैरबको मूर्ति अनावरण गरिएको छ ।

    धुलिखेलको हजार सिँढी जाने मुख्य प्रवेशद्वारमा स्थापित श्वेत भैरबको मुर्ति नगरप्रमुख अशोक ब्यान्जु, उपप्रमुख निराजन जंगम, प्रमुख प्रशासकिय अधिकृत सुरेन्द्र थापा मगर, वडा अध्यक्षहरु लगायतले एक कार्यक्रमका साथ अनावरण गरेका थिए ।

    भगवान शिवको सबैभन्दा खतरनाक अनुहार श्वेत भैरवले चित्रण गर्दछ ।

    श्वेत भैरवलाई शिब र बौद्ध सस्कृती दुबै आस्थावानहरुले दैनिक पूजा गर्ने गर्छन । श्वेत भैरव नेवार समुदाय र सबै शैब समुदायको एक महत्वपूर्ण देवता मानिन्छ । श्वेत भैरबलाई जीवित देवी कुमारीको भाई पनि मानिन्छ । भैरवलाई संहारक भगवान शिवको सबैभन्दा खतरनाक रूप भनिन्छ । श्वेत भैरब अस्तित्वको पछाडि मिथक पनि छ । क्रोधको अन्त र शिबको त्रीशक्ति आदि । शक्ति, महाशक्ति र अनादिशक्तिको रुपमा पनि चिनिन्छ ।

    इन्द्रजात्राको वार्षिक पर्वमा शिवको विनाशकारी स्वरूप श्वेत भैरबको मूर्ति संसार भर चिनिन्छ । नवदुर्गा जात्राको बिशेष स्वर्गबाट पृथ्बिमा आएर माछा मार्ने र मानिसलाई उत्साहित बनाउने नाच पनि श्वेत भैरवबाटै हुन्छ । धुलिखेल नगरपालिकामा भक्तपुरबाट प्रत्येक बर्ष फागुन महिनामा यो जात्रा दुई दिन सम्म हुने गरेको छ ।

    प्रतिक्रिया दिनुहोस