२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

कौडा खेलिरहेको अवस्थामा ४ जना पक्राउ

  • २०८० मंसिर ८, शुक्रबार मा प्रकाशित ८ महिना अघि
  • १६३ पाठक संख्या
  • कौडा खेलिरहेको अवस्थामा  प्रहरीले भुम्लुमा ४ जनालाई पक्राउ गरेको छ ।

    भुम्लु गाउँपालिका वडा नम्बर–८ स्थित भुम्लुटारमा मंसिर ७ गते राति ९ः१५ बजे कौडा खेलिरहेको अवस्थामा ४ जनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जानकारी दिएको छ । 

    गोप्य सूचनाका आधारमा प्रहरी चौकी दोलालघाट र प्रहरी चौकी सल्ले भुम्लु काभ्रेबाट खटिएको टोलिले उक्त स्थानबाट ७९ हजार ४ सय ७५ रुपैयाँ र १ सेट कौडा बरामद गर्नुको साथै ४ जनालाई नियन्त्रणमा लिइएको हो ।

    प्रतिक्रिया दिनुहोस