२०८१ श्रावण ११, शुक्रबार | Fri, 26, Jul, 2024

केयुको २८ औं दीक्षान्त, उत्पादन र रोजगारीमा जोड दिइने : प्रधानमन्त्री

  • २०८० जेष्ठ २८, आईतबार मा प्रकाशित १ साल अघि
  • ४९५ पाठक संख्या
  • काठमाडौं विश्वविद्यालयको २८औँ दीक्षान्त समारोह सम्पन्न भएको छ । कार्यक्रममा विश्वविद्यालयका कुलपति प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले १ हजार २ सय ४० जना बिद्यार्थीलाई दीक्षित गर्नुभयो ।

    दीक्षित हुनेमा स्कुल अफ आर्ट्सका ३५ जना, एजुकेसन ५७ जना , इन्जिनियरिङका ३ सय ६५ जना, स्कुल अफ लका १ जना, म्यानेजमेन्टका ५० जना, मेडिकल साइन्सेजका ५६५ जना तथा साइन्सका १ सय ६७ जना दीक्षित भएका छन । तहगत हिसावमा ९ जना पिएचडी सहित एमफिल ४१ जना, स्नातकोत्तर तहका ९८ र स्नातक तहका १ हजार ९२ जना छन ।

    त्यस्तै दोश्रो चरणको दीक्षान्तमा चान्सलर स्वर्णपदकबाट स्नातकोत्तर तहमा सबभन्दा बढी सिजिपिए प्राप्त गर्ने विद्यार्थी स्कुल अफ एजुकेशनका सिदार्थ रजक, भाइस चान्सलर स्वर्णपदक स्नातक तहमा सबभन्दा बढी सिजिपिए प्राप्त गर्ने विद्यार्थी स्कुल अफ एजुकेसनकै सन्चिता केसी, जुद्धबहादुर श्रेष्ठ स्वर्णपदक एमबिए तहमा सबैभन्दा बढी सिजिपिए प्राप्त गर्ने विद्यार्थी प्रश्ना भट्टराईलाई तथा रणबहादुर शाह स्वर्णपदक एमबिए तहमा सर्वोत्कृष्ट विद्यार्थी आयुष्मा पोखरेललाई प्रधानमन्त्री दाहालले मेडल तथा प्रमाणपत्र प्रदान गर्नु भयो ।

    कार्यक्रममा प्रधानमन्त्री दाहालले देशमा बढ्दै गएको आर्थिक संकट समाधानको लागि नीति तथा कार्यक्रम र बजेटमा उत्पादनमा वृद्धि गर्ने तथा रोजगारीलाई पहिलो प्रथमिकता राखेको बताउनुभयो ।

    दीक्षान्त समारोहमा प्रमुख अतिथिको रुपमा भारतको मुम्बईमा रहेको एटलस स्कीलटेक युनिभर्सिटीका उपकुलपति प्रा डा राजन वेलुकर, शिक्षा बिज्ञान तथा प्रबिधि मन्त्री अशोककुमार राई, शिक्षा बिज्ञान तथा प्रबिधि राज्यमन्त्री प्रमिला कुमारी , उपकुलपति प्रा डा भोला थापा लगायतको सहभगिता रहेको थियो ।

    दीक्षान्त समारोह अघि विश्वोबिद्यालय प्राङ्गणमा बनेको स्कुल अफ ल को नवनिर्मित भवनको उद्घाटन भएको थियो

    प्रतिक्रिया दिनुहोस