२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

समाचार प्रभाव : सेतिदेवीको ल्यावको सामान मध्यरातमा रवि पुग्यो, अनियमितता छानविन गर्न सिडियो कार्यालयमा उजुरी

  • २०८० जेष्ठ ११, बिहिबार मा प्रकाशित १ साल अघि
  • ३३७ पाठक संख्या
  • धुलिखेल नगरपालिका वडा नं २ मा रहेको सेतिदेवी माध्यमिक विद्यालयकामा विषयगत ल्याव राख्न प्राप्त भएको रकम ल्याव नै नराखी अनियमितता गरेको समाचार मिडियाचोक डटकममा प्रकाशन भएपछि मध्यरातमा सम्बन्धित स्टेसनरीबाट विद्यालय हाता छेउको एक घरमा पुगेको छ । ल्याव बनाउन आएको रकम भुक्तानी भएको एक बर्ष वितिसक्दा पनि विषयगत ल्याव स्थापना नभएपछि विद्यार्थी र अभिभावकहरु आक्रोशित भएको समाचार मिडियाचोक लगायत विभिन्न मिडियामा प्रकाशन भएको थियो ।

    समाचार आएपछि दवावमा रहेको विद्यालय प्रशासन सम्बन्धित स्टेस्नरीमा पुगेर सामान तयार गर्न भनेको थियो । सामान बुधवार दिउँसो नै तयार भएको भएपनि कसैले नदेखुन भनेर बुधवार मध्यरातमा लगिएको थियो ।  विशेष श्रोतका अनुसार यो समाचार तयार पार्दा सम्म लगिएको सामान विद्यालय नजिकैको कार्की थर भएका व्यक्तीको घरमा राखिएको छ । जानकारी अनुसार केहि पुरानै सामाग्री देखाउने गरी थप ८ लाख बराबरको सामाग्री किनेर लगिएको छ । बुधवार विषयगत ल्यावको लागि चाहिने शैक्षिक सामाग्री, जस्तै गेम चार्ट, डिस्प्ले, स्मार्ट इन्टएक्टिभ बोर्ड, ल्यापटप तथा स्मार्टबोर्ड लगिएको छ भने ल्यावको लागि चाहिने ४ वटा र्याक र केहि अपडेटेड भएका करिकुलमका सामानहरु लान बाँकी छ । एक बर्ष देखि नलगिएको सामान एकाएक जोगिनलाई राती लगिएको एक स्थानीयले मिडियाचोकलाई बताए । ‘एक बर्ष देखि नलगिएको सामान रातारात ल्याए, आफु जोगिनलाई जे पनि गर्ने रहेछन्,–एक स्थानीयले भने ।

    लगिएको सामानहरुको  विद्यालयका प्रधानाध्यापक धनबहादुर विष्टले व्यक्तीगत नगदै भुक्तानी दिएका छन् । सार्वजनीक खरिद ऐन अनुसार सरकारी तथा सामाजिक संघसंस्थाले खरिद गरेका सामानको ५० हजार माथी भुक्तानी दिँदा एसी पे चेक मार्फत भुक्तानी हुनुपर्ने भएपनि प्रधानाध्यापक विष्टले नगदै भुक्तानी गरेका छन ।

    १२ लाख कसरी भुक्तानी लिए ?

    आर्थिक बर्ष २०७८/०७९ मा बागमती प्रदेश सरकारले उपलब्ध गराएको १२ लाख रुपैया नगरपालिका मार्फत विद्यालयमा भुक्तानी भएपनि विषयगत ल्याव स्थापना नभएको समाचार गत मंगलवार मिडियाचोक लगायत अन्य मिडियामा प्रकाशन भयो ।

    गणित, सामाजिक, नेपाली तथा अंग्रेजीको विषयबस्तुसंग सम्बन्धित ल्याब संचालनको लागि प्रदेश सरकारले स्थानीय पालिका मार्फत सहयोग गरेको रकम ल्याव नवनाई प्रधानाध्यापक विष्टले प्रयोग गर्दै आएका थिए । प्रअ विष्टले ल्याबको सामान किन्ने भन्दै स्टेस्नरीलाई विल उपलब्ध गराइदिन तथा विल उपलब्ध गराईदिएबापत भ्याट रकम दिने बताएपछि १२ लाखकै भ्याट विल स्टेसनरीले बनाईदिएको थियो । विष्टले भुक्तनी पछि विल बनाईदिने स्टेस्नरीलाई २ लाख ३० हजार रकम भुक्तानी दिए । स्टेस्नरीले भ्याटको रकम बापत रकम लिएको मिडियाचोकलाई जानकारी दिए । प्रअ विष्टले भ्याट तिरेर बाँकी रहेको रकम मध्ये एकै पटक ८ लाख रकम निकाली आफ्नो खातामा नराखी विद्यालयको लेखापालको ब्यक्तिगत खातामा जम्मा गरे । लेखापालकोबाट पटक पटक गरेर भुक्तनी लिएका विष्टले समाचार प्रकाशन हुनु अगाडी सम्म उक्त रकम आफैले प्रयोग गरे । जव ल्याव बनाउन आएको पैसा अनियमितता भनेर समाचार प्रकाशन भयो त्यसपछि रातारात स्टेस्नरीलाई सामान तयार गर्न लगाएर मध्यरातमा सामान रबिगाँउ पुर्याएका थिए । सामान खरिद बापतको रकम प्रअ विष्टले स्टेस्नरीलाई आफैले नगदै भुक्तानी पनि गरे ।

    स्थानीय अभिावकको सिडियो कार्यालय र नगरपालिकामा ‘डेलिगेशन’

    विद्यालयको बेतिथि र अनियमितताको बारेमा स्थानीय अभिभावकहरु सिडियो कार्यालय र धुलिखेल नगरपालिकामा ‘डेलिगेशन’ गएका छन् ।

    उनीहरुले धुलिखेल नगरपालिकालाई बोधार्थ दिएर जिल्ला प्रशासन कार्यालयमा अभिभावकको तर्फबाट गुनासोहरु आएको भन्दै अनुसन्धान गरी सत्यतथ्य छानविन गरि पाउँ भन्दै उजरी समेत दिएका छन् । स्थानयि धुर्बप्रसाद चौलागाई, बलराम कोईराला, बालकृष्ण सापकोटा, दर्णबहादुर खत्री, रुद्रबहादुर गेलाल र उद्धव कोइरालाले धुलिखेल २ मा रहेको सेतिदेवी माविमा अभिभावकहरुको तर्फबाटबाट ल्याव स्थापना गर्न आएको वाग्मती प्रदेशको अनुदान रकम १२ लाख रुपैया प्राप्त भएपनि सामाग्रि जडान नभएको, विद्यालयको गाडि भाडामा लिँदा कमिशनको बार्गेनिङ गरेको फोन रेकडै बाहिरिएको, स्थानीय निजि श्रोतबाट शिक्षक नियुक्त गर्दा ब्यवस्थापन समिति को निर्णय विना सूचना प्रकाशित नगरी मनोमानी ढंगवाट नियुक्ती गर्ने गरेको, अभिभावकलाई कुनै बिल नदिई नगद असुल गरेको, विद्यालयमा भएको चोरीको घटना घटेको र चोर पत्ता नलागेको र पत्ता लगाउन भुमिका नखेलि उदासिनता देखाएको अवस्थामा गहिरो सँग अनुसन्धानगरि सहयोग गर्न माग गर्दै निवेदन दिएका छन् ।

    यस विषयमा प्रमुख जिल्ला अधिकारी पुण्य विक्रम पौडेलले उजुरी प्राप्त हुनासाथै सत्यतथ्य छानविन गर्न सम्बन्धित निकायलाई निर्देशन दिइसकिएको जानकरी दिए ।

    यस अघि विद्यालयमा अनियमितता भएको भन्दै स्थानीय युवा समूहले विद्यालय प्रशासन र विद्यालयका प्रधानाध्यापक धनबहादुर विष्टले अनियमितता गरेको भन्दै ७ बुँदे आरोप सहित अख्तियार दुरुपयोग तथा अनुसन्धान आयोगमा उजुरी दिएका थिए ।

    प्रतिक्रिया दिनुहोस