२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

कुशलको शतकसँगै नामिबियामाथि नेपालको रबाफिलो जित

  • २०७९ फागुन २, मंगलबार मा प्रकाशित १ साल अघि
  • २१९ पाठक संख्या
  • ओपनर कुशल भुर्तेलले शानदार शतक प्रहार गरेपछि नेपालले विश्वकप लिग–२ मा नामिबियामाथि २ विकेटको रबाफिलो विजय हात पारेको छ ।

    भुर्तेलले १ सय १५ रन बनाएपछि नेपालले २ सय ८६ रनको लक्ष्य १४ बल अगाडि नै पूरा गरेको हो । नेपालले एकदिवसीय अन्तर्राष्ट्रियमा सबैभन्दा ठूलो विजय लक्ष्य रन पार गरेको हो ।

    ओपनर कुशल भुर्तेल शतक, कप्तान रोहितकुमार पौडेलको बलियो साथ अनि करण केसीको ५ विकेट तथा सन्दिप लामिछानेले ३ विकेट, सोमपाल र कुशलले १/१ विकेटको मद्दतमा नेपालले नामिबियामाथि २ विकेटको कीर्तिमानी जित निकालेको छ ।

    आईसीसी क्रिकेट विश्वकप लिग टूको त्रिकोणात्मक शृंखलाको पहिलो खेलमा नामिबियाले मंगलबार घरेलु टोलीलाई २८६ रनको लक्ष्य दिएको थियो । भुर्तेलको ११५ रनको मदतमा नेपालले ४७।४ ओभरमा ८ विकेट गुमाएर जित निकाल्यो ।

     

    प्रतिक्रिया दिनुहोस