२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

प्रदेश स्तरीय भलिवल प्रतियोगितामा सहभागि खेलाडीको बिदाई

  • २०७९ माघ २, सोमबार मा प्रकाशित १ साल अघि
  • ४४३ पाठक संख्या
  • प्रदेश स्तरीय भलिवल प्रतियोगितामा काभ्रेपलाञ्चोक जिल्लाबाट सहभागी हुने खेलाडीको बिदाई गरिएको छ।

    सोमबार नेपाल खेलकुद महासंघ बागमती प्रदेश  हेटौंडाको आयोजनामा रामेछापको मन्थली नगरपालिका वडा नं १ मा हुने प्रतियोगितामा काभ्रेबाट सहभागी हुने खेलाडीलाई कार्यक्रम गरेर बिदाई गरिएको हो ।

    यहीँ माघ ४ गतेदेखि माघ ७ गतेसम्म सञ्चालन हुने नेकसो बागमती प्रदेश पुरुष भलिबल प्रतियोगिताका लागि काभ्रे बाट खेलाडीहरुलाई बिदाइ तथा शुभकामना कार्यक्रममा युवा व्यवसायी रविन्द्र बैदारले ट्राक सुट र बनेपाकै नाइटिङेल एकेडेमीले जर्सी सौजन्य गरेको थियो।

    जिल्ला अध्यक्ष नवराज मानन्धरको नेतृत्वमा काभ्रेका खेलाडी तथा अफिसियलको बिदाई गरिएको हो। नेकपा एमालेका नेता कुमार थापाले खेलाडी तथा प्रशिक्षक र कोचको बिदाई गरेका थिए।

    काभ्रेका खेलाडीको उच्च मनोवल पुर्याउने हिसाबले सो सामाग्री हस्तान्तरण गरेको मानन्धरले बताए ।

    प्रतिक्रिया दिनुहोस