२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

काँग्रेसको तर्फवाट बागमती प्रदेश समानुपातिक संसद सिफारिस शान्ता थापा क्षेत्री को हुन ?

  • २०७९ कार्तिक २२, मंगलबार मा प्रकाशित १ साल अघि
  • ७१३ पाठक संख्या
  • नेपाली काङ्ग्रेस बागमती प्रदेश सदस्य शान्ता थापा क्षेत्री काँग्रेसको तर्फवाट बागमती प्रदेश समानुपातिक संसदमा खस आर्य महिला तर्फवाट बन्द सूचीमा परेकी छिन् ।

    २०४० साल बैसाख २३ गते सिन्धुपाल्चोक जिल्लामा बुबा हर्कबहादुर र आमा राधाकुमारि थापाको छारीको रुपमा जन्म लिएको क्षेत्रीले आई ए सम्मको अध्यायन गरेकी छिन ।

    विगत लामो समय देखि राजनितीमा सकृय उनी विभिन्न सामाजिक कार्यमा योगदान पुर्याउदै आएकी छिन् । पारिवारिक पृष्ठभूमि पनि राजनितीसंग आवद्ध भएका कारणले आफुलाई राजनितीमा लाग्न प्रेरणा मिलेको उनको भनाई छ ।

    क्षेत्री नेपाली काङ्ग्रेसको १४औं महाधिवेशनबाट बाग्मति प्रदेश सदस्य , महाधिवेशन प्रतिनिधि र महासमिति सदस्य निर्वाचित भएकी हुन । २०७४ सालको स्थानीय तह निर्वाचनमा भुम्लु गाउपालिकामा नेपाली काङ्ग्रेस तर्फवाट उपाध्यक्षको उम्मेदवार थिईन । उनी तत्कालीन नेकपा एमालेबाट उम्मेदवार बनेकी कल्पना श्रेष्ठसंग ४०० को मतान्तरले पराजित भएकी थिइन । समाजसेवी, युवा राजनितीकर्मि , महिला सशक्तीकरण अभियान्ता क्षेत्री यस पटक बागमती प्रदेश समानुपातिक संसदमा खस आर्य महिला तर्फवाट बन्द सूचीमा परेकी छिन् ।

     

    प्रतिक्रिया दिनुहोस