२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

‘नमोबुद्धलाई विश्वकै नमूना पर्यटकीय स्थल बनाउँछौ’ : गठबन्धन उम्मेदवार

  • २०७९ कार्तिक २२, मंगलबार मा प्रकाशित १ साल अघि
  • ३५१ पाठक संख्या
  • आगामी मंसिर ४ गते हुने निर्वाचनमा गठबन्धनको तर्फवाट प्रतिनिधि सभा उम्मेदवार सुर्यमान दोङ र प्रदेश सभा ख का उम्मेदवार तिर्थ लामाले नमोबुद्धलाई विश्वकै नमूना पर्यटकीय स्थल बनाउने बताएका छन् । नमोबुद्ध जात्राको अवसरमा बुद्धको जन्मभूमि नमोबुद्ध पुगेका उम्मेदवारद्वय सूर्यमान दोङ र तिर्थ लामाले जिल्लाको पर्यटकीय स्थलको रुपमा परिचित नमोबुद्धलाई विश्वकै नमूना पर्यटकीय स्थल बनाउने बतााएका हुन् ।
    प्रत्येक वर्षको कार्तिक पूर्णिमाको दिन लाग्ने उक्त जात्रामा हजारौ दर्शनार्थीहरु सहभागी भएका थिए । जात्रामा विशेष गरी नेवारी समुदायले अघिल्लो दिन राती जाग्राम बसी आफ्ना मृत आत्माहरुको स्मृतिमा दीप प्रज्वलित गर्ने गर्दछन् भने पूर्णिमाको दिन बिहानदेखि दिउँसोभर नमोबुद्ध रहेका गुम्बामा पुजाआजा गर्ने गरिन्छ । सोहि दिन रातभर विशेष गरी तामाङ समुदायले दीप प्रज्वलित गर्ने गरेका छन्

    सत्ययुगमा इट्टेका राजाका तीन छोरामध्ये महासत्वले नमोबुद्ध जंगलमा बाघको शिकार गर्ने क्रममा खाना नपाएर मर्ने अवस्थामा पुगेकी वघिनी र उनका पाँच डमरुलाई बचाउनका लागि महासत्सवले आफ्नो दिएर बघिनी र डमरुलाई बचाएको धार्मिक किवदन्तीको आधारमा नमोवुद्ध जात्रा हुने गरेको छ । यीनै महासत्व २५ सय वर्ष पछाडी लुम्बिनीमा जन्मिएकोले गौतमवुद्धको पहिलो जन्मस्थान नमोबुद्धलाई भनिने गरेको छ ।

    प्रतिक्रिया दिनुहोस